व्यापार प्रवद्र्धन गर्न ललितपुर मेला आयोजना गरिंदै, असोज ११ देखि प्रदर्शनी

बिजमाण्डू
२०६९ भदौ २२ गते ००:०० | Sep 7, 2012
व्यापार प्रवद्र्धन गर्न ललितपुर मेला आयोजना गरिंदै, असोज ११ देखि प्रदर्शनी

काठामडौं । आन्तरिक व्यापारको प्रबद्र्धन तथा जिल्लामा भइरहेका प्रगति र विकासलाइ जनतामाझ पुरयाउन ‘ललितपुर व्यापार मेला २०१२‘ को आयोजना गरिने भएको छ । महोत्सव एक्जिबिसन प्रा.लि, ललितपुर उद्योग वाणिज्य संघ ललितपुर हस्तकला संघ तथा पाटन पर्यटन विकास बोर्डको संयुक्त सहकार्यमा व्यापार मेलाको आयोजना गर्न लागिएको हो ।
असोज ११ देखि १६ सम्म जावलाखेल फुटबल मैदानमा हुने मेलामा पश्मिना, चाँदीका गरगहना धातुकला तथा मुर्तिकला छालाजन्य वस्तु लगाएत गरि करिव एक सय पचास वटा स्टल राखिने आयोजकले जनाएको छ ।
ललितपुर जिल्लामा पहिलो पटक हुन लागेको व्यापार मेलामा व्यापारी, विद्यार्थी विदेशी तथा आन्तरिक पर्यटक गरि करिव दुइलाख पचास हजार मानिसले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।
मेलाको अवलोकनका लागि प्रवेश शुल्क बापत ७५ रुपैयाँको टिकटको व्यवस्था गरिएको छ उक्त टिकट लिए बापत आयोजक द्धारा करिव एक सय रुपैयाँ बराबरको उपहार प्रदान गरिने आयोजकले जानकारि दिएका छन ।
व्यापार मेलाको सुरक्षार्थ सिसिटिभि क्यामेरा तथा प्रसस्त मात्रामा सुरक्षा गार्ड को व्यवस्था भइरहेको आयोजकले जनाएको छ । मेला अवधिभर नेपाल सरकारका सुरक्षा निकाएको पनि उपस्थीति हुनेछ ।

Tata
GBIME
Nepal Life