एसबीआईले प्रस्ताव गर्यो साढे १२ प्रतिशत सेयर र पाँच प्रतिशत नगद लाभांस

बिजमाण्डू
२०६९ भदौ २१ गते ००:०० | Sep 6, 2012

काठमाडौं । नेपाल एसबीआईले प्रस्ताव गर्यो साढे १२ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांस काठमाडौं । ग्लोबल आइएमईले १० प्रतिशत बोनस र तीन प्रतिशत नगद लाभांस प्रस्ताव गरेकै दिन नेपाल एनबीआईले पनि साढे १२ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ । चुक्ता पुँजी दुई अर्ब नघाइसकेको बैंकले पुँजी आधार फराकिलो बनाउन बोनस सेयरको प्रस्ताव गरेको हो ।
बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले राष्ट्र बैंकको स्वीकृती र साधरणसभाबाट अनुमोदन भएपछि वितरण गर्ने गरी साढे १७ प्रतिशतको लाभांस घोषणा गरेको हो । बोनस सेयर वितरणपछि नेपाल एसबीआईको चुक्ता पुँजी दुई अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । बैंकले अघिल्लो वर्ष पनि साढे १२ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले गतवर्षभन्दा मुनाफा एक करोडले बढाएको थियो ।
अघिल्लो वर्ष ४६ करोड ४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको एसबीआईले यो वर्ष त्यसलाई बढाएर ४७ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । बैंकमा स्टेट बैंक अफ इण्डियाको ५५ प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत र ३० प्रतिसत सेयर सर्वसाधरण लगानीकर्ताको छ ।

Tata
GBIME
Nepal Life