ठूलाका कारण सेयर घट्यो, विश्लेषक वलराम रिमालको लेख

बिजमाण्डू
२०७१ भदौ ४ गते ००:०० | Aug 20, 2014
ठूलाका कारण सेयर घट्यो, विश्लेषक वलराम रिमालको लेख
सेयर बजारबाट थोरै (पुँजी) रकमदेखी धेरै रकमसम्म लगानी गरेर प्रतिफल (नाफा) अर्जन गर्ने अबसर प्राप्त गर्न सकिन्छ ।
 

नेप्से सम्हालिन्छ, आफ्नो नियमित गति अनुसारनै माथि पुग्छ र नयाँ रेकोर्ड अबश्य बनाउने छ । अहिले केही चलाखीले गर्दा बजारमा खेल चलिरहेको मान्ने हो भने अर्को शब्दमा अहिले क्षणिक संक्रमण खण्ड भन्न सकिन्छ ।

बजारमा लगानी गर्ने समयावधि, जोखिम बहन गर्ने क्षमता, कम्पनी छनोट गर्ने तरिका, बजारलाई  बुझ्न सक्ने काइदालगायतका कारण के कति प्रतिफल प्राप्त गर्ने भन्ने निश्चित गर्छ ।

Tata
GBIME
Nepal Life

साथै बजार सम्बन्धी पर्याप्त जानकारी कहाँबाट लिने ? बजारको उतारचढाबलाई कसरी मुल्याङ्कन गर्ने ? बजारलाई केले बढी प्रभाव पार्छ ? कस्ता नीती नियमले बजार प्रभवित हुन्छ ? कुन कुराको सिधा प्रभावले दैनिक कारोबारमा कस्तो नतिजा दिईरहेको हुन्छ ? अध्ययन गर्न जरुरी हुन्छ ।
 
सेयर बजारले बिभिन्न सिजनमा (चकृय रुपमा) आफ्नो निश्चित बाटो तय गर्दछ । त्यसैले कुन कुन समयमा बजारमा पस्न उपयुक्त हुन्छ अर्थात सेयर कहिले किन्न/बेच्न ठीक हुन्छ ? कहिलेसम्म होल्ड गर्ने हो ? र बेच्ने सही समय कुन हो ? (समग्रमा किन्ने, होल्ड गर्ने र बेच्ने) जस्ता कुराहरुको अधिक महत्वका साथ ख्याल गर्ने र सही लागेको समय वा आफुले अड्कल गरेको नाफा आउने बित्तिकै बेच्न सकेमा कमाउन सकिन्छ ।
 
धेरैजसो विश्लेषक र लगानीकर्ताले अहिले नियमित चक्रभन्दा फरक दिशामा हिँडिरहेके बताउन थालेका छन् । बजार नियमित चक्रभन्दा फरक दिशामा गइरहेको भनेर केही हदसम्म मान्न सकिन्छ । तर पूर्ण रुपमा फरक भईरहेको छ भन्दा हतार हुनसक्छ ।
 
कतिपयले पहिलेको नेप्सेको रेखान्कन (टेक्निकल पक्ष) अध्ययन कै खाका अहिलेको बजारमा तुलना गरेर बोलिरहनु भएको छ, सदैब पुरानै हिसाबले बजार चलिरहन्छ भन्नु सान्दर्भिक नहुन सक्छ । सेयर बजारमा पुरानो पक्ष (स्थिति) लाई तुलनात्मक अध्ययन गर्नु हुँदैन भन्ने होइन ।  तर अहिले बजारमा लगानीकर्ताहरु पहिलाका भन्दा फरक छन् र फरक रुपमा प्रस्तुत भाईरहेका छन्, त्यही भएर बजारको विश्लेषण पनि फरक रुपमा गर्न जरी भइसकेको छ ।
 
अहिले बजारमा पुराना लगानिकर्ताको निरन्तरताका साथै नयाँ लगानीकर्ता पनि भित्रिसकेका छन् ।

 

नीतिगत अस्थिरताले गर्दा धेरै लगानीकर्ताले चाँडो चाँडो किन्ने बेच्ने गरिरहेका छन् । अहिले लगानीकर्ताको परिस्थिती, मनस्थिती निकै चन्चल, छिटो परिवर्तनशिल देखिएको छ ।

 
कतिपय पुराना लगानिकर्ताले पहिले नै धेरै नाफा लिइसकेका छन् । उनीहरुको लामो अनुभवले गर्दा बजारमा उल्लेख्य लगानी बढेको छ ।
 
बिशेषगरी नयाँ लगानीकर्ता अहिले बजार प्रवेश गरिरहेका छन् । उनीहरु बजार छिर्नुभन्दा अगाडि र छिरिसकेपछी पनि धेरै अध्ययन र बिभिन्न जानकारी बटुलिरहेको देखिन्छ । हचुवाका भरमा लगानी गर्नेके सख्या घटिरहेको छ अहिले । अहिले बजार सम्बन्धि जानकारी लिन निकै सजिलो पनि भएको छ ।
 
पहिलेभन्दा अहिले युवाहरुको बजार प्रबेशमा ठुलो जमात देखिन्छ । पहिले सेयर बजारमा रुची राख्नेको सख्या कम थियो त्यसैले केही सिमित ठुला लगानिकर्ताले धेरै मात्रामा कमाउन तथा खेल्न सफल भए । पहिला सेयर बजारमा दीर्घकालिन लगानीकर्ता बढी थिए त्यसैले छिटो छिटो ठुलो उथल पुथल हुँदैनथ्यो । बजारको गती निस्चित तरिकाले निरन्तरता पाइरहेको हुन्थ्यो ।

नेप्सेको टेक्निकल पक्ष र अन्य पक्ष बिश्लेशण गर्दा धेरै हदसम्म मिलेको हुन्थ्यो तर अहिलेको बजारमा धेरै लगानिकर्ता चलाख छन्, दीर्घकालिन लगानी गर्ने भन्दा अल्पकालिन लगानी गर्ने बढी छन् । लगानी गरेपछी केही फाईदा आउनासाथ बेचिहाल्ने जमातले गर्दा पनि बजारले वास्तविक गती लिन नसकेको अवस्था छ अहिले ।
 
अहिलेको बजार अनुमान गर्न नसक्नुके अर्को कारण बिटी कारेबार पनि हे । ६५ देखि ७५ प्रतिशत बिटीबाट कारोबार भईरहेको छ ।  ब्रोकरलाई पनि बढी फाइदा बिटी कारोबारबाट नै हुन्छ ।
 
नामसारीको झन्झट तथा प्रमाणपत्र आउन २-४ महिना लाग्ने, यता प्रमाणपत्र आइसक्दा बजारमा धेरै परिवर्तन भाईसकेको हुन्छ, बजार माथि गएको बेलामा बेच्न पनि सकिन्दैन । यसैको विकल्पका रुपमा धेरैले बिटी कारोबार रोजेका हुन् ।

 
कतिपय लगानीकर्ताले पोर्टफोलियो फेर्नसक्छन् । जस्तो राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी नपुर्याएका सस्थामा लगानीकर्ता वोनस सेयरको अपेक्षा गर्दै लगानी सार्न सक्छन् ।
बिटी कारोबारको बेफाइदा पनि छ । बिटी कारोबार छिटो गर्नु पर्ने हुन्छ । नियामक निकायहरुको नीतिगत परिवर्तनले बजारलाई असर गरिरहेको हुन्छ । 

बिटी कारोबारमै नीतिगत परिवर्तन आउँदा बजार घट्नु पर्ने ठूलो कारण नहुँदा नहुँदै घटेको हो । अचानक आउने बिभिन्न नीति नियमहरुले बजारमा असान्दर्भिक उतार चढाव भाईदिन्छ । जसले गर्दा बिज्ञहरुको टेक्निकल बिश्लेशण फेल खाइरहेको छ ।
 
बिज्ञहरुको बिश्लेशण मेल नखानुमा अन्य कारण पनि छन् । नीतिगत अस्थिरताले गर्दा धेरै लगानीकर्ताले चाँडो चाँडो किन्ने बेच्ने गरिरहेका छन् । अहिले लगानीकर्ताको परिस्थिती, मनस्थिती निकै चन्चल, छिटो परिवर्तनशिल देखिएको छ ।
 
अर्को पाटो के छ भने अहिले धेरै बैंकहरुमा तरलता निकै बढेको अवस्था छ, तरलता बढ्दा फाईदा दोश्रो बजारमा पर्छ भनिन्छ, तर यतिबेला दोश्रो बजारमा फाईदा नहुन सक्छ, किनभने अहिले सबै कम्पनीहरुले वार्षिक रुपमा कमाएको फाईदाबाट आफ्ना लगानीकर्ताहरुलाई प्रतिफल दिने समय हो ।
 
लगानीकर्ताहरुको चाहना नगदभन्दा बोनस सेयरमा बढी हुन्छ । धेरै बैंकहरुले बोनस सेयर दिनु पनि पर्ने देखिन्छ । करण राष्ट्र बैंकले आफ्नो स्तरनुसार पुँजी बृद्दि गर्दै जानु भनेर घुमाउरो पाराले भनेको छ ।  बिस्तारै वासेल ३ लागू गरिने भनेर निर्देशन पनि जारिभइसकेको छ ।
 
बैक तथा वित्तीय सस्थाबाट ठूलो आश गरेका लगानीकर्ता बैंकहरुले अहिले गरेको नाफाबाट सन्तुस्ट हुन नसकेको देखिन्छ । त्यही कारण पनि बजारमा यसको असर परेको देखिन्छ ।
 
यस्तो अवस्थामा कतिपय लगानीकर्ताले पोर्टफोलियो फेर्नसक्छन् । जस्तो राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी नपुर्याएका सस्थामा लगानीकर्ता वोनस सेयरको अपेक्षा गर्दै लगानी सार्न सक्छन् ।
 
पुरानो उच्चतम बिन्दु ११ सय ७५ बिन्दुमा बजार पुग्छ भन्ने लगानीकर्ताको बुझाइ थियो । त्यो बिन्दु नपुग्दै नेप्से तल झर्न सुरु गर्यो । नेप्से अझ  घट्छ भन्ने मनोबिज्ञानले धेरै अगाडि छिरेका लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न थालेका छन् । साथै यही बेलामा नेप्सेले सीडीएससीमा दर्ता हुन जारी गरेको कडा नियम, बिटी अब अनिबार्य नामसारी गर्नु पर्ने जस्ता कुरा, ब्रोकरहरु  दैनिकजसो अउट हुने क्रम बढेपछि लगानीकर्ताहरु अतालिएको अवस्था छ ।
 
यति हुँदाहुँदै पनि लगानीकर्ता अत्तालिनु पर्ने अवस्था छैन । यसका कारण छन् ।
 
अहिलेको समय हरेक कम्पनीले प्रतिफल दिने समय हो ।  ठुला लगानीकर्ताहरुको चाहना बोनस सेयरभन्दा नगद नै चाहन्छन्, साना लगानीकर्ताहरु नगदभन्दा बोनस सेयर प्रतिफलमा आओस भन्ने चाहन्छन् ।
 
अहिले केही कम्पनीको पुँजी बढाउनु पर्ने नै वाध्यता छ, समग्रमा धेरैको बोनस सेयर आउने देखिन्छ । त्यसैले अहिलेको समय बजारमा ठुला खेलाडीहरुले भरपुर रुपमा गेम खेल्नेछन् र खेलिरहेका छन् ।  यसकै परिणाम बजार सोचेभन्दा फरक दिशामा गएको हो ।
 
यस्तो खेलबाट साना लगानीकर्ता अनभिज्ञ हुन्छन् र उनीहरु बजार अझ घट्छ भन्ने त्राशमा धमाधम भएको सेयर बिक्रि गरिरहेका हुन्छन् । यस्ते खेलबाट बुझ्न सकिन्छ की पहिला कसले सेयर फालेर घटाइरहेका छन् र कसले किनिरहेका छन् । र पछि के हुनेवाला छ ?  एकपटक गएको दुई हप्ताको कारोबार सुक्ष्म अध्ययन गरेमा सबै स्पष्ट हुन्छ ।
        
यही कारणले सेयर बजार नियमित चक्रभन्दा फरक हुन गएको हो । तर नेप्से सम्हालिन्छ, आफ्नो नियमित गति अनुसारनै माथि पुग्छ र नयाँ रेकोर्ड अबश्य बनाउने छ । अहिले केही चलाखीले गर्दा बजारमा खेल चलिरहेको मान्ने हो भने अर्को शब्दमा अहिले क्षणिक संक्रमण खण्ड भन्न सकिन्छ । तर केही समयपछि बजार उल्टिन सक्छ ।