बिएफ डियर हिज सुजका ३० नयाँ मोडल नेपाली बजारमा

बिजमाण्डू
२०६९ भदौ २० गते ००:०० | Sep 5, 2012

काठमाडौं । बिएफ डियर हिल सुजका तीस नयाँ मोडल नेपाली बजारमा आएको छ । बेस फुटवेयर प्रालिले नयाँ मोडेल सहित दशैतिहारलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । कम्पनीले स्पोर्टस, क्याजुअल, डेजर्ट, बुट, लेदर स्यान्डल, फुटबल बुट लगायतका मोडल बजारमा ल्याएको हो ।
कम्पनीका जुत्ता चप्पल खरीद गर्नेे स्क्र्याच कुपन पाउने र स्क्र्याच गरेर ७५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म छुट पाउनेछन् । कम्पनीका अनुसार स्क्र्याच गरेर ५ देखि ५० प्रतिशतसम्म छुट ग्राहकले पाउनेछन् । यो वाहेक डिस्टार ब्रान्डका इलोक्ट्रोनिक्स थर्मस, राइस कुकर, जुसर, मिक्स्चर, भ्याकुम क्लिनर, ग्यास हिटर र ३७ इन्चको एलसीडी टेलिभिजन पाउनसक्ने कम्पनीले जनाएको छ । यो योजना कात्तिक मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life