काठमाडौं । मेगा बैंकले थ्रीस्टार क्लवसँग गरेको एक वर्षे अनुवन्ध सकिएको छ । बैंकले एक बर्षका लागि १७ लाख ६५ हजार रुपैंयामा थ्रीस्टारलाई अनुबन्ध गरेको थियो । अनुवन्ध सकिएपछि बैंकले मंगलवार थ्रिस्टार क्लवबालाई विदाइ गरेको छ । मेगाको जर्सीमा थ्रीस्टारले विभिन्न उपाधिहरु उचालेको थियो ।
बैंकले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै थ्रीस्टारसँगको अनुवन्ध नविकरण नगरे पनि खेलकुद क्षेत्र र खेलाडीलाई प्रोत्साहन गर्ने बैंकको उद्देश्य जारी रहने जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले खेलाडी र खेल क्षेत्रलाई प्रोत्साहन गर्ने अभियान भविष्यमा जारी रहनेछ बताए । थ्रीस्टार क्लवका अध्यक्ष ललितकृष्ण श्रेष्ठले खेलाडी र खेलकुद विकासलाई मेगा बैंकले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
