रिलायवल फाइनानसको नौ प्रतिशत नगद लाभांस, साढे आठ प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०६९ भदौ १९ गते ००:०० | Sep 4, 2012
रिलायवल फाइनानसको नौ प्रतिशत नगद लाभांस, साढे आठ प्रतिशत बोनस सेयर


काठमाडौं । रिलायवल फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.८६ प्रतिशत नगद लाभांस र ८.४१ प्रतिशत बोनस सेयर दिन प्रस्ताव गरेको छ । सोमवार बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको हो । झण्डै १८ प्रतिशतको यो लाभांस राष्ट्र बैंकबाट स्वीकृत भएपछि र साधरणसभाबाट अनुमोदनपछि मात्र वितरण गरिने बैंकले मंगलवार नेप्सेलाई जानकारी दिएको छ ।
गतवर्ष फाइनान्सले ११.७७ प्रतिशत बोनस सेयर र ११.०६ प्रतिशत नगद लाभांस गरी झण्डै २३ प्रतिशत लाभांस वितरण गरेको थियो । फाइनान्सले अघिल्लो वर्षकै हाराहारीमा नाफा गरे पनि लाभांस भने पाँच प्रतिशतले घटाएको छ । अघिल्लो वर्ष फाइनान्सले तीन करोड ९० लाख रुपैयाँ मुनाफा गरेकोमा यो वर्ष त्यो तीन करोड ९१ लाख रुपैयाँ पुगेको छ । फाइनान्समा २२ करोड रुपैयाँको चुक्ता पुँजी छ ।
२३ प्रतिशत लाभांस घोषणा गरेकै दिन मंगलवार रिलायवल फाइनान्सको सेयर मूल्य तीन रुपैयाँ घटेको छ । सोमवार तीन रुपैयाँ बढेर प्रतिसेयर १५३ रुपैयाँमा कारोवाार भएको रिलायवल मंगलवार तीनै रुपैयाँ घटेर प्रतिसेयर १५० रुपैयाँमा कारोवार भएको छ ।

Tata
GBIME