लडाकुले कात्तिक १५ पछि दोस्रो किस्ता पाउने, चार अर्ब बजेट विनियोजन

बिजमाण्डू
२०६९ भदौ १९ गते ००:०० | Sep 4, 2012
लडाकुले कात्तिक १५ पछि दोस्रो किस्ता पाउने, चार अर्ब बजेट विनियोजन


काठमाडौं । सरकारले माओवादी सेनाका पूर्व लडाकुलाई दोस्रो किस्ताको रकम कात्तिक १५ गतेदेखि वितरण गर्ने भएको छ । माओवादी सेनाका लडाकुहरुको रेखदेख, समायोजन र पुर्नस्थापना सम्वन्धी विशेष समितिको सचिलवालयले कात्तिक १५ गतेदेखि कात्तिक २५ गते भित्र दोस्रो किस्ताको रकम लिन आउन सूचना जारी गरेको हो ।
पहिलो किस्ताको रकम शिविरबाट बुझेका माओवादी लडाकुहरुले दोस्रो किस्ता शिविर रहेको जिल्ला प्रशासन कार्यालयबाट पाउने छन् । सचिवलायले पूर्व लडाकुलाई इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा, सुर्खेत र कैलाली जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
लडाकुलाई दोस्रो किस्ताको रकम दिन सचिवालयले जिल्ला प्रशासन कार्यालयमा अस्थायी कार्यालय खडा गर्नेछ । सचिवालयले समायोजन प्रक्रियामा रहेका लडाकुले स्वेच्छिक अवकाश लिन चाहे एक मुस्ठ रकम उपलब्ध गराउने भएको छ । सरकारले यसअघि स्वेच्छिक अवकासमा गएका लडाकुलाई यस अघि चार अर्ब रुपैयाँको हाराहारीमा रकम बाँडिसकेको छ । यसपटक समायोजन रोजेका थप लडाकुले विदा लिए यो रकम छ अर्ब रपैयाँको हाराहारीमा पुग्ने छ ।
सरकारले बजेटमार्फत स्वेच्छिक अवकास प्राप्त गरेका लडाकुलाई तीन अर्ब ६९ करोड रुपैयाँ बजेट छुट्टायएको छ भने समायोजन रोज्ने लडाकुसहित शान्ति तथा पुर्ननिर्माण मन्त्रालयका लागि तीन अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Tata
GBIME