चेलिबेटीलाई ऋद्धिसिद्धिको तीज उपहार, हिराका गहनामा छुट, सुनका सस्ता गहना

बिजमाण्डू
२०६९ भदौ १९ गते ००:०० | Sep 4, 2012
चेलिबेटीलाई  ऋद्धिसिद्धिको तीज उपहार, हिराका गहनामा छुट, सुनका सस्ता गहना

काठमाडौ । सुनको भाउ एक तोलाको ६० हजार हाराहारीमा छ । सुन अब आम जनताको पहुँचमा छैन । सुनको भाउ आकासिएपछि ऋद्धिसिद्धिले कम तौलका गहना बनाउन थालेको छ । यो गहना उपभोक्ताले सस्तोमा पाउनेछन् । कम्पनीले ‘लाइट वेट कलेक्सन’ अन्तर्गत कम तौलका सस्ता गहना बनाउन थालेको जानकारी दिएको छ ।
सुनको भाउ आकासिएकोले महिलाको चाड तीजलाई लक्ष्य गरी कम तौलका डिजाइन तयार पारेका हौ, कम्पनीका प्रवन्ध निर्देशक नरेन्द्र गुप्ताले भने, मध्यमवर्गका नेपालीको पहुँचमा सुन र हीराका गहना पु¥याउन यस्ता डिजाइन तयार गरिएको हो ।
उनका अनुसार तीजलाई लक्ष्य गरेर सुनको गहना बनाउँदा ज्यालामा ३० प्रतिशत र हीराका गहनामा ३० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । यो योजना असोज ३ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । कम्पनीले शनिबार राजधानीको आर्मी अफिसर्स क्लबमा तीज महोत्सबसमेत गर्ने भएको छ ।

Tata
GBIME
Nepal Life