धादिङको नलाङमा मेगाको १६ औं शाखारहित बैंकिङ सेवा

बिजमाण्डू
२०६९ भदौ १७ गते ००:०० | Sep 2, 2012
धादिङको नलाङमा मेगाको १६ औं शाखारहित बैंकिङ सेवा


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शनिबार धादिङको नलाङमा शाखारहित अत्याधुनिक बैंकिङ सेवा शुभारम्भ गरेको छ । नलाङको ठा“टी भन्ज्याङमा शनिबार आयोजित विशेष समारोहमा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी बिजय पौडेलले शाखारहित बैकिङ सेवाको शुभारम्भ गर्नुभयो । यो मेगाको १६ औं शाखारहित सेवा हो ।
कार्यक्रममा मेगा बैंकका नायब महाप्रबन्धक गोविन्द गुरुङ र अनुपमा खुञ्जेलीले आर्थिक समावेशिताको माध्यमबाट गाउँ गाउँका जनतालाई सशक्तिकरण गर्ने लक्ष्य अनुरुप धादिङको गाउँसम्म सेवा विस्तार गरेको बताउनुभयो । शाखारहित बैंकिङ सेवा विस्तार भएपछि ग्रामीण क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकासिनेमा विश्वस्त रहेको उहाँहरुको भनाई थियो ।
यसैगरी, मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख युवराज गुरागाईं, संचालक समितिका पूर्वसदस्य रामेश्वर सापकोटा, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्र थापा लगायतले मध्यम र न्यून वर्गका सर्वसाधारणलाई माइक्रो बैंकिङ निकै उपयोगी बनेको बताउनुभयो । बैंकिङ सुविधाबाट वञ्चित ग्रामीण क्षेत्रका बासिन्दालाई सेवा दिने उद्देश्यले मेगा बैंकले देशका कुनाकाप्चामा शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ । यसअघि मेगा बैंकले धादिङकै सुनौलाबजारमा यो सेवा विस्तार गरेको थियो ।

Tata
GBIME
Nepal Life