शनिबारबाट लोडसेडिङ एक घण्टाले घट्ने, अब सात घण्टा बत्ति जाने, चार सय मेगावाट विद्युत अपुग

बिजमाण्डू
२०७१ असार १९ गते ००:०० | Jul 3, 2014
शनिबारबाट लोडसेडिङ एक घण्टाले घट्ने, अब सात घण्टा बत्ति जाने, चार सय मेगावाट विद्युत अपुग


काठमाडौं। शनिबारबाट लोडसेडिङ दैनिक सात घण्टामा झर्ने भएको छ। नदीमा पानी सतह बढेर विद्युत उत्पादनमा सुधार आएको हुँदा लोडसेडिङ घटाउन लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। अहिले दिनहुँ आठ घण्टा वत्ति जाने गरेको छ।
भारतबाट एक ६० मेगावाट आयात र नेपालका अधिकांश आयोजनाबाट पुर्ण क्षमतामा विद्युत उत्पादन हुँदा पनि दैनिक चार सय मेगावाट विद्युत अपुग रहेको प्राधिकरणको भनाइ छ। त्यसैले लोडसेडिङ सात घण्टाभन्दा तल झर्ने सम्भावना न्युन रहेको जनाइएको छ। अहिले विद्यूतको माग एक हजार एक सय मेगावाट र आपुर्ती सात सय मेगावाट मात्र छ।
कुलेखानी लगायत केहि आयोजना मात्र अहिले सञ्चालमा छैनन्। कुलेखानीमा पानी सतह धेरै तल झरेको हुँदा बन्द गरेको प्राधिकरणले जनाएको छ। क्षमतामा नचलेको र बन्द रहेका आयोजना पुनः सञ्चालन हुँदा लोडसेडिङ बढिमा दैनिक थप एक घण्टा घट्न सक्ने जनाइएको छ। भारतबाट आयात बढाउन सकेमा भने लोडसेडिङलाई न्युन पार्ने संभावना रहको छ।

Tata
GBIME
Nepal Life