

फेसबुककी मुख्य सञ्चालन अधिकृत (सिओओ) सेरिल सेन्डवर्गले भारतमा लघु उद्यमका लागि फेसबुक प्रयोग गर्नेको संख्या बढिरहेको जानकारी दिइन्। उनले भारतमा १० करोडभन्दा बढीले फेसबुक प्रयोग गर्ने गरेको जानकारी दिँदै उद्यम व्यवसायका लागि पनि फेसबुक प्रयोग गर्नेको संख्या बढ्दै गएको बताइन्।
साथै भारतमा साना उद्यम आफ्नो दायरा बढाउनका लागि फेसबुकलाई सफलतापुर्वक प्रयोग गरिरहेका छन्। सेन्डवर्गले विश्वभरी तीन करोडले साना तथा मझौला उद्योमलाई प्रबर्द्धन गर्न फेसबुकलाई प्रयोग गरिरहेको जानकारी दिइन्। भारतमा मात्रै सानो कारोबारको लागि नौं लाख वटा पेज बनाइएको छ, जुन जनसंख्याको हिसावले धेरै नै हो।
सेन्डवर्ग गुगलको ग्लोबल अनलाइन बिक्री तथा सञ्चालन विभागकी उपाध्यक्ष समेत थिइन्। उनले लघु तथा मझौला उद्यमको विकासको कथालाई अगाडि बढाउन फेसबुक एकदमै भरपर्दो माध्यम भएको दावी गरिन्। भारतमा १० करोडभन्दा वढी जनसंख्या फेसबुकमा आवद्ध छन्, यसमध्ये आठ करोड ४० लाख जनसंख्या मोबाइल फोनको माध्यमबाट फेसबुकमा छिर्छन्।