
काठमाडौं। असार मसान्त नजिकिँदै गर्दा बैंक तथा वित्तीय संस्थाका कर्जा विभागका कर्मचारीहरु निकै व्यस्त देखिन थालेका छन्। बर्षभरी गरेको कारोबारबाट नाफा 'बुक' गर्दै ब्यालेन्सिट राम्रो देखाउनु त छँदैछ, सेयरधनीलाई आकर्षक लाभांस र आफूलाई राम्रो बोनसको व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु अहिले व्यस्त भएका हुन्।

बैंकरलाई जहिले पनि ऋण उठाउने दवाव रहन्छ, यति हुँदा हुँदै पनि यसपाली बैंकहरुको नाफा राम्रो हुने देखिन्छ, स्प्रेड दर लगायत अन्य कारणले बृद्धि दर भने केही कम हुन सक्छ।
…..
आर्थिक बर्षको अन्तिम दिनसम्म उठेको कर्जा तथा ब्याजका आधारमा नाफा निर्धारण हुने भएकाले कर्जा विभागका कर्मचारीहरुलाई लगानी गरेको ऋण उठाउन विशेष चटारो हुन्छ। यति बेला कर्जा विभागका कर्मचारी मात्र होइन माथिल्लो व्यवस्थापन पनि पुरै यसै मेसोमा व्यस्त देखिन्छ।
'पक्का पनि यति बेला बैंकहरुमा क्लोजिङ (बर्ष अन्त्य) को दवाव हुन्छ,' बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले सोमबार बिजमाण्डूसँग भने, 'यति बेला सबैको विशेष खटाइ हुन्छ।'
अधिक तरलता भयो भन्दा भन्दै पनि चालु बर्ष बैंकहरुले राम्रैसँग कर्जा विस्तार गरेका छन्। कर्जा जति बढ्यो आम्दानीको स्रोत पनि उति नै विस्तार हुन्छ। बैंकरका अनुसार चालु बर्ष बैंकहरुको नाफामा उल्लेख्य सुधार आउने छ।
सञ्चालनमा रहेका ३० बाणिज्य बैंकहरुले ११ महिनाको अवधिमा एक खर्ब २० अर्ब रुपैयाँ कर्जा बिस्तार गरेका छन्। थप एक महिनाको पनि जोड्ने हो भने कर्जा रकम अझ बढ्ने छ। बैंकहरुले निक्षेप पनि एक खर्ब २८ अर्ब रुपैयाँ संकलन गरेका छन्।
.jpg)
हामीलाई अरु बेला र मसान्तमा खासै फरक छैन,
सँधै दवाव नै हो, बर्षकै अन्तिम व्यालेन्सिट
भएकाले केही सुधार गर्नु पर्ने दवाव भने छ।
…..
'यसपाली नाफाको बृद्धि दर पोहोरको भन्दा पनि बढ्ने छ,' विकास बैंक संघका अध्यक्ष तथा कैलास विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले भने, 'रियलस्टेटको समस्या पनि करिव करिव समाधान भइसकेकाले ऋण उठ्ती राम्रो छ।'
पहिलेदेखि नै समस्यामा परेका बैंकहरुमा पनि यो बेला ऋण असुलीमा विशेष दवाव छ। 'हामीलाई अरु बेला र मसान्तमा खासै फरक छैन, सँधै दवाव नै हो,' किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले भने, 'बर्षकै अन्तिम व्यालेन्सिट भएकाले केही सुधार गर्नु पर्ने दवाव भने छ।'
व्यवसायको आकारमा बृद्धि भएका कारण नाफामा बढ्ने बैंकरहरु बताउँछन्। 'बैंकरलाई जहिले पनि ऋण उठाउने दवाव रहन्छ, यति हुँदा हुँदै पनि यसपाली बैंकहरुको नाफा राम्रो हुने देखिन्छ,' भन्डारीले भने, 'स्प्रेड दर लगायत अन्य कारणले बृद्धि दर भने केही कम हुन सक्छ।'
यसपाली नाफाको बृद्धि दर पोहोरको भन्दा पनि बढ्ने छ
रियलस्टेटको समस्या पनि करिव करिव
समाधान भइसकेकाले ऋण उठ्ती राम्रो छ।
….
बैंकरका अनुसार, घरजग्गामा दिएर नउठेका ऋणहरुको सम्पूर्ण रुपमै जोखिम व्यवस्थापन गरिसकिएकाले नाफामा सुधार आउने छ। 'नउठेको रियलस्टेट कर्जा सबै जोखिम व्यवस्थापन गरिसकेका छौं,' लामिछानेले भने, 'व्यवस्थापन गरेका ती कर्जामध्ये केही उठेपनि नाफामा राम्रो सुधार हुन्छ।'
बैंकहरुले यस बर्ष नयाँ तथा ठूला परियोजनामा ऋण विस्तार गर्न नसके पनि सेयर धितो, घर, गाडीलगायत उपभोक्ता कर्जा, साना तथा मझौला उद्योगमा लगानी गरेर सर्वसाधारणबाट उठाएको निक्षेपको व्यवस्थापन गरेका छन्। आयात बढेका कारण प्रतितपत्र (एलसी) बाट पनि बैंकहरुले राम्रै आम्दानी गरेका छन्। अमेरिकी डलरको मूल्य बढ्दाताका बैंकहरुले यसबाट पनि राम्रै नाफा 'बुक' गरेका छन्।