डायमण्ड ग्यालरीको बार्षिक उत्सव, प्रतयेक खरिदमा सुनचाँदी उपहार

२०६९ असार १९ गते ००:००

काडमाडौ । डायमण्ड ग्यालरीले स्थापनाको पहिलो बर्ष पुरागरी दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा विभिन्न खालका नयाँ उपहार योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकलाई प्रत्येक खरिदमा सुन तथा चाँदीको उपहार प्राप्त हुनेछ । त्यसैगरी यस अन्तर्गत किस्तावन्दी योजना पनि यसमा समेटिएको डायमण्ड ग्यालरीका निर्देशक सुनित अग्रवालले वताउनुभयो ।     ‘ग्राहकहरूको  अनमोल मायाँ र शद्भावको साथमा आज हामीले बसन्त पार गरेका छौं,’ निर्देशक अग्रवालले भन्नुभयो ‘भविश्यमा पनि उही निरन्तर साथको अपेक्षा राख्दै हार्दिक प्रेरणस्वरूप यो प्रथम बार्षिक उपहार योजना ल्याइएको हो ।’
    कम्पनीले आफ्नो सफलताको पछाडि उपभोक्ताको अटुट मायाँ, ममता र बिश्वास नै मुख्य कारण रहेको जनाउँदै आगामी दिनमा पनि यस्तै मायाँ र सद्भावको अपेक्षा गरेको छ । यो योजना असार २६ गते सम्म लागु हुने कम्पनिले जनाएको छ ।


Sunrise Bank
TATA
GBIME