.jpg)
गत जेठ ९ गते बसकेको दुवै संस्थाका विशेष साधारणसभाले मर्जरमा जाने औपचारिक निर्णय गरेको थियो। दुबै संस्थाबीच यसअघि नै मर्जरमा जाने सम्झौता भइसकेको थियो। राष्ट्र बैंकले बुधबार दुबै संस्थालाई गाभिन अन्तिम स्किृति दिएको थियो। मर्जरपछि नयाँ संस्थाको नाम लुम्बिनी बैंक नै रहने छ।
लुम्बिनीसँग नवदुर्गा प्रति सेयर ८० रुपैयाँका दरले मर्ज हुने छ। चैतसम्मको वित्तीय विवरण अनुसार लुम्बिनी बैंकको चुक्ता पुँजी एक अर्ब ७२ करोड ९७ लाख रुपैयाँ छ। बैंकको जगेडा कोषमा ५९ करोड रुपैयाँ छ। बैंकसँग सर्बसाधारणको १३ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी छ भने कर्जा लगानी १२ अर्ब रुपैयाँ गरेको छ। बैंकको पुँजी कोष अनुपात १७.५८ प्रतिशत रहेको छ। बैंकले चैतसम्म १४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ।
नवदुर्गा फाइनान्सको चुक्ता पुँजी १९ करोड ७२ लाख रुपैयाँ छ भने जगेडा कोषमा तीन करोड १२ लाख रुपैयाँ छ। कम्पनीसँग सर्वसाधारणको एक अर्ब ३३ करोड निक्षेप र कर्जा लगानी ८४ करोड ४९ लाख रुपैयाँ रहेको छ। कम्पनीले चैतसम्म ४२ लाख रुपैयाँ नाफा गरेको छ।