बैंक अफ काठमाण्डू : २१ प्रतिशत नगद लाभांस, पाँच प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०६९ भदौ १३ गते ००:०० | Aug 29, 2012

काठमाडौं । बैंक अफ काठमाण्डूले यो वर्ष पाँच प्रतिशत बोनस सेयर र २१.३२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ६० करोड ७६ लाख ६२ हजार मुनाफा आर्जन गरेको थियो । यही नाफाबाट बैंकले लाभांश वितरण गर्न लागेको हो ।
बैंकको सञ्चालक समितिको आज(बुधवार) बसेको वैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीलाई लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले अघिल्लो वर्ष १६.७५ प्रतिशत नगद लाभांश दिएको थियो भने १८ प्रतिशत बोनस सेयर दिएको थियो । बैंकले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै अघिल्लो आर्थिक वर्षमा २४ अर्ब ९९ करोड निक्षेप र १८ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको बुधवार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप १८.९ प्रतिशत र कर्जा लगानी ७.७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले विर्तामोड, खाँदबारी, महाराजगञ्ज र बत्तीसपुतली गरी ४ नयाँँ शाखा र दुई स्थानमा थप एटिएम सेवा पनि जडान गरेको थियो । यसबाट बैंकको कूल शाखा ४५ पुगेको छ भने एटिएम संख्या ५४ पुगेको छ ।

Tata
GBIME