प्याजले फेरि रुवाउँदैछ, भारतले गर्‍यो निर्यातमा कडाइ, प्रति टन तीन सय डलरमाथि मात्र निर्यात

बिजमाण्डू
२०७१ असार ४ गते ००:०० | Jun 18, 2014
प्याजले फेरि रुवाउँदैछ, भारतले गर्‍यो निर्यातमा कडाइ, प्रति टन तीन सय डलरमाथि मात्र निर्यात

काठमाडौं। भारत सरकराले प्याज निर्यातमा कडाइ गरेपछि नेपालमा यसको प्रत्यक्ष प्रभाव देखिने भएको छ। भारतले प्याज निर्यातलाई निरुत्साहित गर्न न्यूनतम निर्यात मूल्य प्रति टन तीन सय डलर तोकेपछि यसको प्रत्यक्ष असर नेपालमा देखिने भएको हो
केही समयअघि भारतमा प्याजको मूल्य बढ्दा नेपाली बजारमा यसको मूल्य प्रति किलो एक सय ५० रुपैयाँसम्म पुगेको थियो। भारतले तीन सय डलरभन्दा वढीमा मात्र प्याज निर्यात गर्ने हुँदा यसको प्रति केजी निर्यात मूल्य २९ रुपैयाँ हुन आउँछ। निर्यात भएको प्याज नेपाली बजारसम्म आउँदा कम्तिमा तीन गुणासम्म बृद्धि हुने देखिन्छ।
भारतको नयाँदिल्लीमा प्याजको मूल्य प्रति केजी २५ देखि ३० भारु छ। केही अघिसम्म प्रति केजी १५ देखि २० भारुमै प्याज पाइने त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन्। यसअघि पनि भारतले प्याजको माग बढ्दा न्युनतम निर्यात मूल्य तोकेको थियो, जसका कारण नेपालमा प्याज प्रति केजी एक सय ५० रुपैयाँसम्म पुगेको थियो।
भारतका उपभोक्ता मामिला सम्बन्धि सचिव केशव देसिराजुले प्रधानमन्त्री कार्यालयमा 'खाद्य मुद्रास्पि्कति समाधान गर्ने उपाय' सम्वन्धि आयोजित बैठकमा यो मूल्य प्रस्ताव गरेको हो। भारतबाट औषत १५ लाख टन प्याज निर्यात हुने गरेको छ।
'निर्यात मूल्यले घरेलु आपुर्ति बढाउने तथा मूल्यलाई नियन्त्रणत्रि राख्न सहयोग गर्ने छ,' सचिव देसिराजुले भने। एक टनमा एक हजार किलो हुन्छ। न्यूनतम मूलय तीन सय डलर हुँदा प्याजको प्रति किलो निर्यात मूल्य २८.९१ रुपैयाँ हुन आउँछ।

Tata
GBIME
Nepal Life