नेशनल लाईफ इन्स्योरेन्सको साढे ७२ प्रतिशत लाभांस, ५५ प्रतिशत बोनस, पुँजी ७८ करोड पुग्ने



२०७१ जेठ ३० गते ००:००
नेशनल लाईफ इन्स्योरेन्सको साढे ७२ प्रतिशत लाभांस, ५५ प्रतिशत बोनस, पुँजी ७८ करोड पुग्ने



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २६ औं साधरणसभाले ५५ प्रतिशत बोनस सेयर र साढे १७ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले नगद र बोनस गरी साढे ७२ प्रतिशत लाभांस पारित गरेको हो । बोनस पारित भएपछि कम्पनीको चुक्ता पुँजी ७७ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
साधारण सभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन पेश गरेकी थिइन् । उनले गत आर्थिक वर्षमा दुई अर्ब २७ करोड प्रिमियम संकलन भएको र ७३ करोड खुद दावी भूक्तानी गरेको बताइन् । उनले ४४ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको समेत जानकारी दिइन् ।
यसै गरी गत आर्थिक वर्षको  अन्तसम्ममा कम्पनीले आठ अर्ब चार करोड रुपैयाँ लगानी गरेको थियो । कम्पनीको बीमा कोषमा आठ अरब २६ करोड पुगेको पनि उनले बताइन् । अध्यक्ष सिंहले कम्पनीले नयाँ नयाँ बीमा योजना ल्याई नेपाली बीमा बजारलाई आधूनिकतातर्फ लगेको समेत बताइन् । कम्पनीले लाजिम्पाट, काठमाण्डौंमा आधुनिक ब्यापारिक भवनको निर्माण समेत गरेको छ ।
यो भवन आफ्नो कार्यालय प्रयोजनको लागि साथै अतिरिक्त आयका लागि तेस्रो पक्षलाई उपलब्ध गराउने कम्पनीको योजना रहेको अध्यक्षले जानकारी दिइन् । कम्पनीको लगानी विविधीकरण गरी प्रतिफल बृद्धि गर्नू चूनौतिको रुपमा रहेको विश्लेषण पनि साधरणसभामा गरिएको थियो ।

Tata
GBIME