
काठमाडौं। एक बाणिज्य बैंकसहित चार वित्तीय संस्थाले आपसमा गाभिन बिहीबार सम्झौता भएकाे छ। बैंक अफ काठमाण्डू (बिओके) सँग मर्ज हुनका लागि इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आइएलएफसी), श्रीइन्भेष्टमेन्ट फाइनान्स र नेपाल एक्सप्रेस फाइनान्सले सम्झौता भएकाे हाे ।
विवरण रु हजारमा | BOK | ILFC | Shree Investment | Nepex |
चुक्ता पुँजी | 1920212 | 2008800 | 176000 | 197100 |
जगेडाकोष | 1739430 | 276528.39 | 86104.94 | 36564 |
निक्षेप | 29679750 | 1351765.28 | 1548331.82 | 1046541 |
कर्जा | 26105303 | 2411298.02 | 1194321.93 | 798288 |
खुद मुनाफा | 354999 | 12958.25 | 21209.06 | 17103 |
खराब कर्जा | 1.52 | 4.9 | 0.2 | 0 |
पुँजी पर्याप्तता | 12.29 | 80.06 | 18.69 | 23.47 |
प्रतिसेयर आय रु | 24.65 | 0.86 | 12.05 | 11.57 |
मुल्य आम्दानी अनुपात | 22.31 | 266.28 | 38.17 | 25 |
शाखा संख्या | 50 | 9 | 2 | 5 |
सेयर मुल्य रु | 568 | 239 | 450 | 260 |
चार वटै वित्तीय संस्थाको सञ्चालक समितिले बिहीबार दिउँसोसम्म मर्जरमा जाने निर्णय गरिसकेका छन्। बुधबार दिनभरी मर्जरमा जानका लागि सम्झौतापत्र तयार पार्न छलफल भएको थियो।
बुधबारको वैठकले सम्झौतापत्र तयार पार्न नसकेपछि बिहीबार विहान फेरी छलफल भएको थियो।
भए चुक्ता पुँजी चार अर्ब ३० करोड रुपैयाँ पुग्ने छ।
जगेडा कोष दुई अर्ब १३ करोड रुपैयाँ पुग्ने छ।
…..
छलफलले सम्झौतापत्र तयार पारेकाे थियाे। चारै वटै वित्तीय संस्थाका सञ्चालकहरुकाे उपस्थितिमा सम्झौता भएकाे हाे ।
सम्झौतापछि शुक्रबार नेपाल स्टक एक्सचेन्जमा चार वटै संस्थाको सेयर कारोबार रोक्का राख्न पत्राचार गरिने छ। त्यसपछि मर्जरको सैद्धान्तिक सहमतिका लागि नेपाल राष्ट्र बैंक जाने कार्यक्रम रहेको छ।
सुरुमा बिओके र आइएलएफसीबीच मर्जरमा जान छलफल भएको थियो। श्रीइन्भेष्टमेन्ट र नेपाल एक्सप्रेसका प्रवर्द्धकहरुको समूह एउटै एउटै भएका कारण उनीहरु पनि मिसिन लागेका हुन्। मर्जरमा जाने बारेमा चार वटा संस्थाबीच छ महिनाअघिबाटै छलफल भइरहेको थियो।
बिओकेमा सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुले मर्जरमा जान नहुने भन्दै अडान राख्दै आएका थिए, अझै पनि ती सञ्चालकहरु मर्जरको पक्षमा खुलेर आउन नसकेको स्रोतको दावी छ।
मर्जरमा के कति मूल्यमा जाने भन्ने बारेमा लामो छलफल चलेपछि यसको टुङ्गो सम्पूर्ण सम्पति तथा दायित्वहरुको मूल्यांकन (डिडिए) पछि निश्चित गरिने सहमति चारै वटा संस्थाका सञ्चालकबीच भएको छ। डिडिएले टुङ्गो गरेपछि कुन सेयर अनुपातमा मर्ज हुने भन्ने टुङ्गो लाग्ने छ। चारै वटा संस्थाहरुले राष्ट्र बैंकमा निवेदन दिएपछि डिडिएको काम सुरु गर्ने छन्।
बिओकेसँग मर्जरमा जाने हल्ला चलेका कारण बिओकेबाहेक तीन वटै कम्पनीको सेयर मूल्य बढेको थियो। सम्झौताअघि बिहीबारको कारोबारमा बिओकेको सेयर मूल्य तीन रुपैयाँ घटेर ५६८ रुपैयाँ कायम भएको छ। यसैगरी आइएलएफसीको २३९, नेपाल एक्सप्रेसको २६० र श्रीइन्भेष्टमेन्टको ४५० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
चार वटै संस्थाबीच बराबरी हैसियतमा मर्जर भए चुक्ता पुँजी चार अर्ब ३० करोड रुपैयाँ पुग्ने छ। जगेडा कोष दुई अर्ब १३ करोड रुपैयाँ पुग्ने छ। चैतसम्मको तथ्यांक अनुसार निक्षेप ३३ अर्ब ६२ करोड र कर्जा लगानी ३० अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।