
काठमाडौं। नेपालका लागि सामसुङको आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिस (आइएमएस) ले ग्यालेक्सी क्याम्पेन सुरु गरेको छ। यो ग्यालेक्सी ११ क्यापेनमा सामसुङ ग्यालेक्सी एस फाइभका नयाँ तथा पुराना ग्राहकलाई विभिन्न गिफ्ट भौचर दिइने छ।
फुटबलको लोकप्रियतालाई ध्यानमा राख्दै फुटबल प्रेमीलाई अझ बढी रमाइलो र खुसीको उपहार दिन सामसुङले विश्वव्यापी रुपमा ग्यालेक्सी ११ को नामबाट एक नयाँ क्याम्पेन ल्याएको कम्पनी जनाएको छ। लियोनेल मेसी, क्रिस्टीयानो रोनाल्डो र वेन रुनी जस्ता संसारभर चर्चित लोकप्रिय ११ खेलाडीहरु भएको यस क्याम्पेन अन्तर्गत ती खेलाडीहरुले एलियनबाट पृथ्वीलाई बचाउन खेल्ने फुटबल खेल, मोबइल गेम जस्ता विभिन्न ग्यालेक्सी ११ ब्राण्डेड आकर्षक तथा रमाइला सामाग्रीहरु राखिएको जानकारी दिइएको छ।
यस योजना अन्तर्गत असार ३० गतेसम्म ग्यालेक्सी एस फाइभका नयाँ तथा पुराना दुवै ग्राहकले एउटा फ्रि गिफ्ट भौचर पाउने छन्। यो गिफ्ट भाउचरको प्रयोग गरी सामसुङका ब्राण्ड शपबाट यी मध्ये कुनै एक सामान सित्तैमा ग्यालेक्सी ११ ब्राण्डेड फुटबल, जर्सी (इङ्गलेण्ड, जर्मनी, ब्राजील र अर्जेन्टीनामध्ये कुनै एक ) र क्रिस्टियानो रोनाल्डो भएको प्रोक्टेटिभ कभर पाउने छन्। यसका साथै, असार ७ गतेसम्म हरेक ग्यालेक्सी एस फाइभको खरिदसँग ग्राहकले दस हजार क्यास ब्याक र नेपाल टेलिकमको डाटा सीम कार्ड पनि पाउने छन्। नेपालमा पनि ग्यालेक्सी ११ को एण्ड्रोइड एप डाउनलोड गरी ग्यालेक्सी ११ मोबाइल गेमको मज्जा लिन सकिने आईएमएसले जनाएको छ।