

ज्याेतिमा कुँवर
ज्योति विकास बैंकले जेठ १३ गते बसेको सञ्चालक समितिबाट प्रमुख कार्यकारीमा कृष्णवहादुर कुँवरलाई प्रमुख कार्यकारी नियुक्त गरेको हो। उनले सोमबारबाट काम थालेका छन्।
भार्गवमा जाेशी
यसैगरी भार्गवले बैशाख २७ गतेको सञ्चालक समितिको निर्णयबाट पुस्करराज जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। उनले जेठ ७ गतेदेखि काम थालिसकेका छन्। नेपाल स्टक एक्सचेन्जमा भार्गवको १० लाख कित्ता सेयर सुचिकृत छ। कम्पनीको पछिल्लो सेयर मूल्य एक सय १७ रुपैयाँ छ। ज्योति विकास बैंकको नेप्सेमा ७४ लाख कित्ता सेयर सुचिकृत छन्। बैंकको पछिल्लो सेयर मूल्य एक सय ६३ रुपैयाँ छ।