BIZMANDU
www.bizmandu.com

दुई विकास बैंकले नियुक्त गरे प्रमुख कार्यकारी, भार्गवमा जोशी, ज्योति विकास बै‌कमा कुँवर नियुक्त

२०७१ जेठ २०

दुई विकास बैंकले नियुक्त गरे प्रमुख कार्यकारी, भार्गवमा जोशी, ज्योति विकास बै‌कमा कुँवर नियुक्त
दुई विकास बैंकले नियुक्त गरे प्रमुख कार्यकारी, भार्गवमा जोशी, ज्योति विकास बै‌कमा कुँवर नियुक्त

काठमाडौं। दुई विकास बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका छन्। भार्गव विकास बैंक र ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका हुन् । दुबै बैंकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको जानकारी नेपाल स्टक एक्सचेन्जलाई दिएका छन्।

Tata
GBIME
Nepal Life

ज्याेतिमा कुँवर
ज्योति विकास बैंकले जेठ १३ गते बसेको सञ्चालक समितिबाट प्रमुख कार्यकारीमा कृष्णवहादुर कुँवरलाई प्रमुख कार्यकारी नियुक्त गरेको हो। उनले सोमबारबाट काम थालेका छन्।

भार्गवमा जाेशी

यसैगरी भार्गवले बैशाख २७ गतेको सञ्चालक समितिको निर्णयबाट पुस्करराज जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। उनले जेठ ७ गतेदेखि काम थालिसकेका छन्। नेपाल स्टक एक्सचेन्जमा भार्गवको १० लाख कित्ता सेयर सुचिकृत छ। कम्पनीको पछिल्लो सेयर मूल्य एक सय १७ रुपैयाँ छ। ज्योति विकास बैंकको नेप्सेमा ७४ लाख कित्ता सेयर सुचिकृत छन्। बैंकको पछिल्लो सेयर मूल्य एक सय ६३ रुपैयाँ छ।