
काठमाडौं । दलहरूवीच आइतवारदेखि सुरू भएको संवादले राम्रै परिणाम देखाउने संकेत दिएको छ । त्यसको परिणाम स्वरूप सोमवारदेखि अन्यौलमा रहेका माओवादी लडाकुको भर्ना छनौट सुरू गर्ने सहमति भएको छ । यो प्रक्रिया भदौ २१ गतेदेखि सुरु हुने सहमति भएको छ ।
केही दिन अघि मात्र म्याद थपिएको सेना समायोजन विशेष समितिको सोमबार बसेको बैठकले भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । नागरिकताको जन्ममितिलाई मान्यता दिएर १८ वर्ष पुगेको दिनलाई भर्ना मिति आधार मान्ने सहमति बैठकमा भएको छ । लडाकु को उमेर, शिक्षालगायतमा विवाद भएपछि भर्ना प्रक्रिया अबरुद्ध भएको थियो ।