BIZMANDU
www.bizmandu.com

राजनीतिक दलवीच सहमतिको आधार तयार हुँदै, लडाकु भर्ना सुरू हुने

२०६९ भदौ ११

राजनीतिक दलवीच सहमतिको आधार तयार हुँदै, लडाकु भर्ना सुरू हुने
राजनीतिक दलवीच सहमतिको आधार तयार हुँदै, लडाकु भर्ना सुरू हुने


काठमाडौं । दलहरूवीच आइतवारदेखि सुरू भएको संवादले राम्रै परिणाम देखाउने संकेत दिएको छ । त्यसको परिणाम स्वरूप सोमवारदेखि अन्यौलमा रहेका  माओवादी लडाकुको भर्ना छनौट सुरू गर्ने सहमति भएको छ । यो प्रक्रिया भदौ २१ गतेदेखि सुरु हुने सहमति भएको छ ।
केही दिन अघि मात्र म्याद थपिएको सेना समायोजन विशेष समितिको सोमबार बसेको बैठकले भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । नागरिकताको जन्ममितिलाई मान्यता दिएर १८ वर्ष पुगेको दिनलाई भर्ना मिति आधार मान्ने सहमति  बैठकमा भएको छ । लडाकु को उमेर, शिक्षालगायतमा विवाद भएपछि भर्ना प्रक्रिया अबरुद्ध भएको थियो ।

Tata
GBIME
NLIC