काठमाडौँ । सामाजिक सञ्जालको प्रभावकारी माध्यम बन्दै आएको ट्विटरका प्रयोगकर्तालाई एनसेलले भोलिदेखि सरप्राइज प्याकेज दिने भएको छ। १३ जेठ, मंगलबारदेखि तीन महिनासम्म 'ट्विटर जिरो' योजना अन्तर्गत निःशुल्क ट्विटर चलाउन पाइने एनसेलले जनाएको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाका अनुसार यो अफर अन्तर्गत निःशुल्क सेवा पाउन एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले मोवाइल सेटबाट m.twitter.com मार्फत् निःशुल्क टि्वट गर्न, अरुको टि्वट पढ्न, अरुलाई फलो गर्न तथा आफ्ना फलोवरहरुलाई सन्देश पठाउन सक्नेछन्।
एनसेल कनेक्ट प्रयोगकर्ताले भने कम्प्युटरबाटै सिधै ट्विटर प्रयोग गर्न सक्नेछन्। त्यसैगरी ट्विटरको आधिकारिक एप्सबाट पनि निःशुल्क सेवा पाइने एनसेलले जनाएको छ। तर थर्ड पार्टी (ट्विटरको आधिकारिक बाहेक अरु एप्स) मा भने निःशुल्क सेवा उपलब्ध हुने छैन।
प्राविधिक कारणले गर्दा ओपेरा मिनी तथा अन्य प्रोक्सी ब्राउजर रहेको मोबाइल सेटमा भने यो निःशुल्क सेवा उपलब्ध नहुने एनसेलले जनाएको छ। यस्ता सेट/ब्राउजरबाट टि्वटर चलाउँदा नियमित डेटा शुल्क लाग्नेछ।
कसैले ट्विट गर्दा राख्ने वेबसाइटहरुका लिङ्कमा क्लिक गर्दा भने नियमित शुल्क लाग्नेछ। मोबाइल प्रयोगकर्ताले यस्ता लिंकमा क्लिक गरेमा नियमित शुल्क लाग्ने नोटिफिकेसन (सूचना) प्राप्त गर्ने र त्यसलाई स्वीकार गरेमा मात्र ती साइटहरु खुल्नेछन्। तर कम्प्युटर र एप्समा भने यस्तो सूचना आउने छैन।
“टि्वटर जिरो हाम्रो तर्फबाट आफ्ना ग्राहकलाई विशेष मूल्य प्रदान गर्ने प्रयास हो। यसले एनसेलका ग्राहकलाई आफ्ना विचारहरु सटिक रुपमा व्यक्त गर्ने सुविधा प्रदान गर्दै उनीहरुको अभिव्यक्तिको स्वतन्त्रतालाई सहयोग पुर्याउनेछ,” एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन्।
'ट्विटर जिरो' सेवा लिनका लागि कुनै एक्टिभेसन शुल्क वा सेवा शुल्क नलाग्ने पनि उनले बताइन्।
एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाका अनुसार यो अफर अन्तर्गत निःशुल्क सेवा पाउन एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले मोवाइल सेटबाट m.twitter.com मार्फत् निःशुल्क टि्वट गर्न, अरुको टि्वट पढ्न, अरुलाई फलो गर्न तथा आफ्ना फलोवरहरुलाई सन्देश पठाउन सक्नेछन्।
.jpg)