रामदेवसँगको सहकार्यमा उपेन्द्र महतोको आयुर्वेद उद्योग

बिजमाण्डू
२०७१ जेठ ११ गते ००:०० | May 25, 2014
रामदेवसँगको सहकार्यमा उपेन्द्र महतोको आयुर्वेद उद्योग

काठमाडौं । गैरआवासीय नेपाली डा. उपेन्द्र महतोले पतञ्जली योगपीठका प्रमुख योग गुरु रामदेवसँगको सहकार्यमा वीरगञ्जमा आयुर्वेदिक औषधी उद्योग सञ्चालन गर्ने भएका छन् । महतो समूहले उद्योग स्थापनाको ४० प्रतिसत काम सम्पन्न गरिसकेको जानकारी दिएको छ । आगामी एक वर्ष भित्रै यो औषधी उद्योग सञ्चालनमा ल्याउने तयारी समूहले गरेको छ ।

महतो समूहले करिब एक अर्ब रुपैयाँ लगानीमा यो उद्योग सञ्चालन गर्न लागेको हो । ‘अहिलेसम्म करिब ४० करोड रुपैयाँ लगानी खर्च भइसकेको छ, समूहका सदस्य वीरेन्द्र महतोले बिजमाण्डूसँग भने, ‘कम्पनी सञ्चालनमा आउँदासम्म लगानी करिब एक अर्ब रुपैयाँ पुग्छ ।’ महतो समूहले रामदेवको फ्रेन्चाइजी लिएर उद्योग स्थापना गरेको हो ।
फ्याक्ट्री स्थापनाका लागि समूहले वीरगञ्जको कलैया नजिक १२ विगाहा जमिन खरीद गरेको छ । अशोक टेक्सटाइल कपडा उद्योग रहेको जमिन किनिएको हो । यो टेक्सटाइल बन्द अवस्थामा थियो । टेक्सटाइल उद्योगकै भौतिक पुर्वाधारलाई पुनर्निमार्ण गरेर आयुर्वेदिक उद्योगका लागि तयार पारिएको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीले एक अर्ब रुपैयाँ लगानी गर्ने छ, उद्याेग स्थापनाका लागि अहिले उपकरण आयात भैरहेको र अधिकांस उपकरण भारत र चीनबाट ल्याइदै छ । भारत, चीन र रसियाका आर्किटेक्चरले कम्पनी निर्माणमा अनुगमन गरिरहेका छन् ।
कम्पनीले पहिलो चरणमा कस्मेटिक र केही औषधी उत्पादन गर्नेछ । ‘सुरुमा टुथपेष्ट, स्याम्पु, साबुनलगायतका केही कस्मेटिक उत्पादन थाल्नेछ

वीरेन्द्र महतो

 

कम्पनीका लागि उपकरण आयात गरिरहको जानकारी पनि महतोले दिए । अधिकांस उपकरण भारत र चीनबाट ल्याइने छ । भारत, चीन र रसियाका आर्किटेक्चरले कम्पनी निर्माणमा अनुगमन गरिरहेका छन् ।
कम्पनीले पहिलो चरणमा कस्मेटिक र केही औषधी उत्पादन गर्नेछ । ‘सुरुमा टुथपेष्ट, स्याम्पु, साबुनलगायतका केही कस्मेटिक उत्पादन थाल्छौं’, महतोले भने, ‘च्यावनप्रास, क्रिम लगायतका औषधीजन्य उत्पादन पनि सँगै हुन्छ । करिब एक दर्जन उत्पादन पहिलो चरणमा सुरु गर्ने योजना छ ।’

गुणस्तर पतञ्जलीकै
महतो समूहले गर्ने आयुर्वेदिक उत्पादनको गुणस्तर पतञ्जलीकै सरह हुनेछ । पतञ्जलीकै फ्रञ्चाइजका रुपमा यो उद्योग स्थापना हुने भएकोले गुणस्तरमा फरक नहुने महतोले बताएका छन् । ‘हामी गुणस्तरमा सम्झैता गर्दैनौं,’ उनले भने, ‘यो उद्योग पनि रामदेवकै प्रत्यक्ष निगरानीमा हुनेछ ।’
पतञ्जलीका उत्पादनको नेपालमा निकै ठूलो बजार छ । बजार सर्वेक्षणको नतिजा अनुसार पतञ्जलीका आयुर्वेदिक उत्पादन मागको तुलनामा ५० प्रतिसत मात्रै आपुर्ति भइरहेको छ । समान गुणस्तर दिएर माग अनुसारको आपुर्ति गर्न यो कम्पनी नेपालमै स्थापना गर्न रामदेव सहमत भएपछि महतो समूहले प्रक्रिया अघि बढाएको हो ।
यो उद्योगबाट हुने उत्पादनले नेपालको ३५ प्रतिसत जति बजार हिस्सा ओगट्ने अनुमान छ । उपेन्द्र महतोकै पहलमा रामदेव योग शिविर सञ्चालन गर्न चार वर्ष अघि नेपाल आएका थिए ।
मागको तुलनामा उत्पादन कम हुने उनले जानकारी दिए । ‘हामीले बजार सर्वेक्षण गरेर नै यो योजना अगाडि वढाएका हौं,’ उनले भने, ‘हाम्रोउत्पादनले बजारको पूरै माग पुर्ति गर्न सक्दैन । तर हामी क्षमता बढाएर बजारको माग पुरा गर्ने कोशिस गर्छौं ।’ उनले उद्योगलाई चाहिने जति जडिबुटी उपलब्ध हुन नसक्ने भएकाले  माग पुरा गर्न कठिन हुने जानकारी दिए ।
नाफा सामाजिक कार्यका लागि
आयुर्वेदिक कम्पनीबाट भएको नाफा सामाजिक कार्यमा खर्च गर्ने सहमति दुई पक्षबीच भएको छ । पतञ्जली योगपीठले पनि नेपालबाट नाफा नलैजाने र महतो समूहले पनि नाफा सामाजिक कार्यमा खर्च गर्ने सहमति भएको छ ।
नाफा कोषमा राख्ने र त्यसले सामाजिक काम सहमति छ, महतोले जानकारी दिए । रामदेवका उत्तराधिकारीका रुपमा काम गरिरहेका नेपालमा जन्मिएका बालकृष्णले यो उद्योग स्थापनाका लागि महतो समूहलाई प्रेरित गरिरहेका थिए । उनले १० वर्ष अघिदेखि उद्योग स्थापना गर्न प्रोत्साहित गरेको जानकारी पनि महतोले दिए ।
जनकपुरमा हर्बल खेति
महतो समूहले यही बर्षबाट जनकपुरमा जडिबुटी खेति सुरु गरेको छ । तराई भागमा पनि जडिबुटी खेति संभव हुने भएकोले जनकपुरमा सुरु गरिएको महतोले बताए । उपेन्द्रले दुई वर्ष अघि नै जनकपुरमा ३० विगाहा जमिन खरिद गरेका थिए । यहाँ उत्पादन हुने बाहेक मध्येपश्चिमी पहाडमा पाइने जडिबुटी यो उद्योगका उपयोग हुनेछ । यस बाहेक पनि निकै ठूलो मात्रामा भारतबाटै जडिबुटी आयात हुनेछ । आन्तरिक उत्पादनले कुल खपतको १० प्रतिसत मात्रै धान्ने अनुमान गरिएको छ ।