काठमाडौं। रुपन्देहीको बुटवलमा रहेको एकता विकास वैक लिमिटेडले जेठ महिनाभित्र आठ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निस्कासन गर्ने भएको छ। बैंकले एक सय रुपैयाँ अंकित दरका आठ लाख कित्ता सेयर निस्कासन गर्ने भएको हो।
बैंकलाई सेयर निस्कासनका लागि धितोपत्र वोर्डले मंगलबार स्वीकृति दिएको छ। २०६८ साल कार्तिक ७ गतेबाट वित्तिय कारोबार सुरु गरेको बैकको रुपन्देही, कपिलवस्तु र दाङ्गमा गरि ३ जिल्ला कार्यक्षेत्र रहेको छ। बैंकको अहिले १२ कारोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। सेयर निस्कासनपछि पुँजी २० करोड रुपैयाँ पुग्ने छ।
बैंकले सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापीटललाई नियुक्त गरेको छ। बैकले कृषि तथा कृषिजन्य कर्जा, घर जग्गा खरीद तथा आवाश निर्माण, हायर पर्चेज, साना तथा मझौला उद्यम कर्जा, उद्योग तथा व्यपार कर्जा, व्यक्तिगत कर्जा हायरपर्चेज कर्जाका साथै सुनचाँदि धितोमा समेत कर्जा प्रवाह गर्दै आएको छ। बैंकले निःशुल्क अन्तर शाखा कारोबार (एबिबिएस), लकर सुविधा, मोवाइल तथा ल्याडलाइन विल भुक्तानी, रेमिटान्सको भुक्तानी लगायतका सेवाहरु प्रदान गर्दै आएको छ। सार्वजनिक विदाका दिनमा समेत १ देखि ४ वजेसम्म सेवा प्रदान गर्दै आईरहेको छ।
हाल बंैकले दुई विस्तारित शाखा सहित ९ स्थानबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले २०७१ बैशाख मसान्त सम्म एक अर्ब १३ कारोड निक्षेप संकलन गरेको छ भने करीव ९५ कारोड कर्जा प्रदान गर्न सफल भएको छ। बैंकका करीव १६ हजार ग्राहक रहेको प्रमुख कार्यकारी अधिकृत धुरवकुमार पौडेलले जानकारी दिए।