एनसेलले गुगल नेक्सस फाइभ ल्याउने, २४ महिने करारमा मासिक चार हजार तीन सय ८८ रुपैयाँ तिर्नु पर्ने



२०७१ जेठ १ गते ००:००
एनसेलले गुगल नेक्सस फाइभ ल्याउने, २४ महिने करारमा मासिक चार हजार तीन सय ८८ रुपैयाँ तिर्नु पर्ने


काठमाडौं। मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले कर्पोरेट ग्राहक लक्षित गरि गुगलको नयाँ मोवाइल सेट 'गुगल नेक्सस फाइभ' नेपाली बजारमा ल्याउने भएको छ। एलजीले उत्पादन गरेको गुगल नेक्सस फाइभ अहिले विश्वमा धेरै रुचाइएको मोवाइल सेट हो।
एनसेलले उक्त सेटलाई आफ्नो कर्पोरेट सेवासँग बन्डल गरेर किस्ताबन्दीमा ल्याउन लागेको हो। ग्राहकले मासिक चार हजार तीन सय ८८ रुपैयाँ भुक्तानी गरेर २४ महिनाको करारमा उक्त सेट लिन सक्छन्। उक्त करार अन्तर्गत कर्पोरेट ग्राहकले प्रत्येक महिना एनसेलको प्रो प्रिमियम प्लान (नौ सय ९९ रुपैयाँको) र १० जिवीको डाटा (कर वाहेक दुई हजार नौ सय ९९ रुपैयाँ मुल्यको) २४ महिनासम्म सित्तैमा पाउनेछन्।
यो अफरका लागि दुई जेठबाट बुकिंग खुला गरेको कम्पनीले जनाएको छ। एनसेलका कर्पोरेट ग्राहकले आफ्ना एकाउन्ट म्यानेजरमार्फत यो सेट बुकिङ गर्न सक्नेछन्। जसले छिटो बुकिङ गर्यो उसैले पहिला यो सेट पाउने कम्पनीको भनाइ छ। 'गुगल नेक्सस फाइभलाई संसारभरि नै हालसम्मको सर्वाेत्कृष्ट एन्ड्रोइड फोनको रुपमा लिइएको छ, हाम्रो अफरले एनसेलका कर्पोरेट ग्राहकहरुलाई ट्रेन्डी हुन र आफ्नो व्यक्तित्वलाई थप आकर्षक बनाउन मौका प्रदान गरेको छ,' एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन्।
गुगल नेक्सस फाइभ सन् २०१३ को अक्टोवरबाट विश्वबजारमा आएको हो। एन्ड्रोइडको नयाँ भर्सन ४.४ किटक्याटबाट चल्ने यो सेटमा ४.९ ईन्चको एचडी स्त्रि्कन, २.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर र २ जिबी र्‍याम रहेको छ। यो सेटमा १६ जिबीको आन्तरिक मेमोरी र दुई हजार तीन सय मिलिएम्प आवरको व्याट्री छ, जसले निरन्तर १७ घण्टा कुरा गर्न सम्भव बनाउँछ।

Tata
GBIME