
.jpg)
अघिल्लो बर्ष भन्दा शुन्य दशमलव एक प्रतिशत बिन्दुले मुल्यबृद्धिदर घटेको केन्द्रिय बैंकको भनाइ छ।
समग्र मुल्य सुचकांक १० प्रतिशत भन्दा तल रहे पनि खाद्यान्न र पेय पदार्थको महङ्गी उच्च रुपले बढेको छ। यसले बजारका कारण उपभोक्ताले झेल्ने तनाव कम नभएको देखाउँछ।
चैत सम्ममा खाद्य र पेय पदार्थको मुल्य १२ दशमलव तीन प्रतिशतले बढेको छ। यसबाट नेपाली एक सय रुपैयाँमा पाउँदै आएको चामल, तरकारीको समान परिमाणलाई एक बर्षमै एक सय १२ रुपैयाँ भन्दा बढि तिर्नु पर्ने अवस्था आएको हो।
खाद्य समुहको मुल्यबृद्धि गत बर्ष भन्दा उच्च छ। गत आर्थिक बर्षको चैत सम्म खाद्य तथा पेय पदार्थको मुल्य औषतमा १० दशमलव तीन प्रतिशतले मात्र बढेको थियो। गैर खाद्य समुहको मुल्यबृद्धिदर भने यो बर्ष गत आवको तुलनामा घटेको छ।
तर, यो समुहले उपभोक्ताको दैनिक जीवनमा त्यति ठुलो प्रभाव पार्दैन। गत आर्थिक बर्षको चैत सम्ममा गैर खाद्य समुहको मुल्यबृद्धि आठ दशमलव सात प्रतिशत रहेकोमा यो बर्ष सात प्रतिशतमा सिमित भएको हेा। गैर खाद्यमा पनि उपभोक्तालाई धेरै प्रभावित गर्ने लत्ता कपडा तथा जुत्ता चप्पलको मुल्य औषतमा ११ प्रतिशतले बढेको छ।
भौगोलिक आधारमा तराईमा सबै भन्दा धेरै १० प्रतिशत, उपत्यकामा नौ दशमवल पाँच प्रतिशत र पहाडमा पहाडमा आठ दशमवल छ प्रतिशतले महङ्गी बढेको छ।
यो बर्ष महङ्गीसँगै ज्याला तथा तलव पनि उच्च रुपले बढेको केन्द्रिय बैंकको तथ्याङ्कमा उल्लेख छ। चालु आर्थिक बर्षको बजेटमा सरकारी कर्मचारीको तलब बढेको र निजी क्षेत्रमा पनि त्यहि अनुपातमा बृद्धि भएको हुँदा तलब र ज्यालादर माथि पुगेको हो।
तलव तथा ज्याला सुचकांक १६ दशमवल तीन प्रतिशतले बढेको केन्द्रिय बैंकले जनाएको छ। गत आवको चैतमा यो बृद्धिदर सात दशमवल तीन प्रतिशत मात्र थियो। तलव २६ दशमवल चार प्रतिशत र ज्याला १४ दशमवल एक प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ।
सबै भन्दा धेरै बैंक तथा वित्तिय संस्था उप समुहको तलब सूचकांक ४७ दशमवल सात प्रतिशतले बृद्धि भएको छ। त्यस पछि सैनीक तथा प्रहरिको तलव ३४ दशमवल पाँच प्रतिशत र निजामती सेवाको तलव ३१ दशमलव तीन प्रतिशतले बढेको छ।
औद्योगिक, कृषि र निर्माण मजदुरको ज्याला समेत क्रमशः २४ दशमवल आठ प्रतिशत, १० दशमवल दुई प्रतिशत र नौ दशमवल छ प्रतिशतले बृद्धि भएको छ।