एनबी बैंकमा दुई नयाँ सञ्चालक नियुक्त, अच्युत बजगाईं र मुकुन्द ढुङ्गेल चयन



बिजमाण्डू
२०६९ भदौ १० गते ००:०० | Aug 26, 2012
एनबी बैंकमा दुई नयाँ सञ्चालक नियुक्त, अच्युत बजगाईं र मुकुन्द ढुङ्गेल चयन

काठमाडौं । एनबी बैंकमा नयाँ दुई सञ्चालक चयन भएका छन् । राष्ट्र बैंकले सञ्चालकहरुर्ला कारवाही गरेपछि अध्यक्षसहित चार सञ्चालकले राजिनामा दिएका थिए । बैंकिङ कैफियतमा राष्ट्र बैंकले स्पष्टिकरण सोधपछि बैंक अध्यक्ष डा। पुष्पराज राजकर्णिकार, सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठ, विष्णुराज अधिकारी र इन्द्र थापाले राजिनामा दिएका थिए । अध्यक्ष राजकर्णिकारको स्थानमा राष्ट्र बैंकका पूर्वसञ्चालक शम्भुशरण कायस्थ चयन भएका छन् । त्यसबाहेक आइतवार एनबीमा दुई नयाँ सञ्चालक भएका छन् । प्रोफेशनल समूहबाट अच्युच बजगाईं र सर्वसाधरणबाट मुकुन्द ढुङ्गेल चयन भएका हुन् ।
बजगाई राष्ट्र बैंकको विशिष्ट श्रेणीबाट अवकाश प्राप्त कर्मचारी हुन् भने ढुङ्गेल नेपाल स्टक एक्सचेञ्जका पूर्व महाप्रवन्धक हुन् । ढुङ्गेल नविल बैंकमा पनि अध्यक्ष थिए ।
एनबीको पछिल्लो अवस्थावारे सोमवार बैठक बस्दैछ । राष्ट्र बैंकले सोधेको स्पष्टिकरणको जवाफ दिन र बैठकमा भाग लिन बंगलादेशी दुई सञ्चालक मोहमद लफ्तर रहमान र इरफाउद्दिन अममद पनि काठमाडौं आएका छन् । उता एनबी समूहका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठले भोलिको सञ्चालक समितिको बैठक स्थगित गर्न दवाव दिंदै आएका छन् । तर राष्ट्र बैंकको दवावकै कारण कायस्थ भोलिको बैठक स्थगित गर्न नसक्ने अवस्थामा पुगेका छन् ।  कायस्थले तत्कालका लागि नयाँ सञ्चालक नियुक्त नगर्न दवाव दिंदै आएका थिए । उनको दवावका वावजुद पनि राष्ट्र बैंकको निर्देशनमा नयाँ सञ्चालक चयन गरिएको हो ।

Tata
GBIME
Zonsen