प्राइमको नाफा १० प्रतिशतले बढ्यो , प्रोभिजनिङले घट्यो सिभिलको नाफा, १० प्रतिशत कटौती

बिजमाण्डू
२०७१ बैशाख २९ गते ००:०० | May 12, 2014
काठमाडौं। सोमवार तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका प्राइम कमर्सियल बैंकको नाफा १० प्रतिशतले बढ्यो भने  सिभिल बैंकको नाफा १० प्रतिशतले नै घट्यो । 
चालु आवको तेस्रो त्रैमाशमा प्राइमको नाफा ९.२० प्रतिशत बढेर ४२ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।  गत आवको यही अवधिमा बैंकको नाफा ३८ करोड ८० लाख रुपैयाँ थियो । बैंकको नाफा दोस्रो त्रैमाशको तुलनामा भने करिब ३६ प्रतिशतले बढेको हो । 
गत आवको यो अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी भने ३.६४ प्रतिशतले घटेको छ । गत बर्ष ७६ करोड एक लाख यस्तो आम्दानी भएको बैंकको ७३ करोड २४ लाख रुपैयाँ पुगेको छ । बैंकको दोस्रो त्रैमाशमा स्प्रेडदर तेस्रो त्रैमाशमा बढेर ५.६६ भएको छ । बैंकको अघिल्लो बर्षको तुलनामा व्याज आम्दानी दुई प्रतिशतले बढ्यो भने व्याज लागत पनि करिब पाँच प्रतिशतले नै वृद्धि भयो । 
अघिल्लो बर्षको तुलनामा बैंकको कर्जा १८ प्रतिशतले बढेर २५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, निक्षेप पनि १७ प्रतिशतले बढेर ३० अर्ब १५ करोड रुपैयाँ पुग्यो । बैंकको रियल स्टेटमा भएको कर्जा लगानी गत बर्षको तुलनामा ६.७४ प्रतिशतले बढेर तीन अर्ब ९२ करोड रुपैयाँ भएको छ । तर यो कुल कर्जाको आधारमा भने १५.४६ प्रतिशत लगानी हो । बैंकको कर्जा निक्षेप अनुपात ७७ रहेको छ । 
बैंकले बैदेशिक बिनिमयबाट दुई करोड ३४ लाख नाफा कमाएको छ । यो अघिल्लो पटक भएको आम्दानीभन्दा ४० प्रतिशत बढि हो । बैंकको कर्मचारी र अन्य खर्च १०.९१ प्रतिशतले बढेको छ । बैंकले यसअघि सम्भावित जोखिम बापत छुट्याएको ११ करोड ८० लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था भने १० प्रतिशतले घटाएर १७ करोड ९० लाखमा बनाएको छ । त्यस्तै, बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा २.०१ प्रतिशत रहेको छ भने सम्भावित जोखिम वापत ११७ प्रतिशत रकम छुट्याएको छ । बैंकको सञ्चालन नाफा भने चार प्रतिशतले बढेर ५४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । 
बैंकको पुजी कोष पर्याप्तता १२.२७ रहेको छ । बैंकको कोष लागत ६.९२ बाट घटेर ६.०२ मा सिमित भएको छ । बैंकको बेस रेट ९.०५, प्रतिसेयर आम्दानी २१.४१, मूल्य आम्दानी अनुपात २१.६३ र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ रहेको छ । 
त्यस्तै, सिभिल बैंकको नाफा भने १०.११ प्रतिशतले घटेर सात करोड ५८ लाख रुपैयाँ पुगेको छ ।  गत आवको यही अवधिमा बैंकको नाफा आठ करोड ४३ लाख रुपैयाँ थियो । बैंकको नाफा दोस्रो त्रैमाशको तुलनामा भने सय प्रतिशत बढिले वृद्धि भएको हो । बैंकको प्रोभिजनिङ बढेपछि नाफा घटेको हो । बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था भने ९८ प्रतिशतले बढाएर १२ करोड ७७ लाखमा सिमित पारेको छ । बैंकको सञ्चालन नाफा भने १०.११ प्रतिशतले घटेर ११ करोड ९१ लाख रुपैयाँमा सिमित भयो ।   
गत आवको यो अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी भने ८.३२ प्रतिशतले बढ्न सकेको छ । गत बर्ष ३२ करोड ६५ लाख यस्तो आम्दानी भएको बैंकको ३५ करोड ३७ लाख रुपैयाँ पुगेको छ । बैंकको तेस्रो त्रैमाशमा स्प्रेडदर ३.८१ बाट घटेर ३.६६ रहेको छ । बैंकको अघिल्लो बर्षको तुलनामा व्याज आम्दानी ४१ प्रतिशत र व्याज खर्च ६१ प्रतिशतले वृद्धि भयो । 
अघिल्लो बर्षको तुलनामा बैंकको कर्जा करिब ४८ प्रतिशतले बढेर १५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, निक्षेप पनि ६० प्रतिशतले बढेर १८ अर्ब ४३ करोड रुपैयाँ पुग्यो । बैंकको रियल स्टेटमा भएको कर्जा लगानी गत बर्षको तुलनामा करिब आठ प्रतिशतले बढेर एक  अर्ब ६९ करोड रुपैयाँ भएको छ । तर यो कुल कर्जाको आधारमा भने ११ प्रतिशत लगानी हो । बैंकको कर्जा निक्षेप अनुपात ७९.०९ रहेको छ । 
बैंकले बैदेशिक बिनिमयबाट चार करोड ५७ लाख नाफा कमाएको छ । यो अघिल्लो पटक भएको आम्दानीभन्दा १२६ प्रतिशत बढि हो । बैंकको कर्मचारी र अन्य खर्च १५.६१ प्रतिशतले बढेको छ । बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा १.५७ प्रतिशत रहेको छ भने सम्भावित जोखिम वापत ११३ प्रतिशत रकम छुट्याएको छ । 
बैंकको पुजी कोष पर्याप्तता ११.८८ रहेको छ । बैंकको कोष लागत ७.८६ बाट घटेर ७.८७ मा सिमित भएको छ । बैंकको बेस रेट १०.१४, प्रतिसेयर आम्दानी ५ र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ रहेको छ । 
 

Tata
GBIME
Nepal Life