लण्डन । विश्व बैंकिङ उद्योगको एक तिहाई मुनाफा चिनीयाँ बैंकको पोल्टामा रहेका एक अध्ययनले देखाएको छ । बैंकर म्यागजिनले वार्षिक रुपमा गर्ने सोधको नतिजा अनुसार उच्च मुनाफा आर्जन गर्ने तीन बैंक चिनमा छन् ।
हामी नम्वर १: सबैभन्दा बढी मुनाफा गर्ने चीनियाँ बैंक आइसिबिसिका भएको छ
म्यागजिनका अनुसार द इन्डस्ट्रियल एण्ड कर्मशियल बैंक अफ चाईना (आईसिबिसि) सर्वाधिक नाफा आर्जन गर्ने बैंक हो । आईसिविसिको कर अघिको मुनाफा ४३.२० अर्ब डलर छ । यसैगरी दोश्रो स्थानको चाईना कन्स्ट्रक्सन बैंकको नाफा ३४.८० अर्ब डलर छ भने तश्रो स्थानको बैंक अफ चाइनाको नाफा २६.८० अर्ब डलर छ । उच्च नोक्सानी आर्जन गर्ने बैंकहरुमा १७.४० अर्ब नोक्सानका साथ नेसनल बैंक अफ ग्रिस रहेको छ भने उसलाई पछ्याउँदै बेल्जियको डेक्सिया बैंक उच्च नोक्सानी व्यहोर्ने बैंकको सूचीमा दोश्रो स्थानमा छ ।
युरोप तथा अमेरिकामा देखिएको वित्तीय संकटका कारण अमेरिकी तथा युरोपेली बैंकहरुको नाफा उच्च दरमा घटेपछि चिनियाँ बैंकहरुको नाफा हिस्सा बढेको छ । पाँच वर्ष अघि विश्व बैंकिङ नाफामा चिनीयाँ बैंकको हिस्सा चार प्रतिसत मात्रै थियो भने गत वर्ष २९ प्रतिसत पुगेको थियो । नाफामा चिनियाँ बैंकहरुको हिस्सा बढेकै बेला युरोपका बैंकहरुको हिस्सामा उच्च गिरावट आएको छ । पाँच वर्ष अघि बैंक मुनाफामा ४६ प्रतिसत हिस्सा ओगटन युरोपेली बैंकहरुको हिस्सा गत वर्ष ६ प्रतिसतमा झरेको छ ।
उच्च नाफा आर्जन गर्ने गैर चिनीयाँ बैंकहरुमध्ये शिर्षस्थानमा अमेरिकी बैंक जेपि मोर्गान रहेको छ । जेपिको नाफा २६.७० अर्ब डलर छ भने दोश्रो स्थानमा रहेको एचएसबिसिको नाफा २१.९० डलर छ । एचएसबिसि युरोपमा उच्च नाफा आर्जन गर्ने बैंकहरुमध्ये शिर्षस्थानमा रहेको छ ।
बलिया बैंकहरुको सुचिमा भने बैंक अफ अमेरिका शिर्ष स्थानमा छ । बैंकहरुको कर्जा योग्य पुँजी , संकट सामना गर्ने क्षमता आदिको आधारमा गरिएको सो रेटिङमा विश्वका १००० बैंक सुचिकृत छन् । सुचिमा जेपि मोर्गान दोश्रो स्थानमा छ भने चीनका चार बैंकहरु उच्च दशमा परेका छन् । म्यागजिनको सूचिमा खराव पदर्शन गर्ने २५ बैंकको सूचीमा २४ बैंक युरोपका छन् ।