पेपालका संस्थापक इलोन मस्कले बेलायती अभिनेत्री तालुल रिलेलार्इ दिए डिभोर्स, ३३ करोड भुक्तानी

बिजमाण्डू
२०६९ भदौ १० गते ००:०० | Aug 26, 2012

न्युयोर्क । सिलिकन भ्यालीका गोल्डेन व्वाय भनेर चिनिने पेपालका संस्थापक इलोन मस्कले बेलायती अभिनेत्री तालुल रिलेसँग डिभोर्स लिन ४२ लाख डलर ३३ करोड नेपाली रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । दुई वर्ष अघि मात्र विवाह गरेकी २६ वर्षे यी अभिनेत्रीका लागि ४२ लाख डलर सानो रकम होइन तर दुई अर्ब डलर (एक खर्ब ६० अर्ब रुपैयाँ)का धनी इलोनका लागि भने यो खास ठूलो रक मभने होइन । इलोनले प्रविधी उद्योगमा राम्रै सफलता हात पारेका थिए, जसले उनलाई अमेरिकी अर्बपतीको सूचीमा समावेश गराएको थियो ।

इलोन जसलाई न्युयोर्क टाइम्सले ‘टोनी स्टार्क’ नाम दिएको छ, उनले पछिल्लो नौ वर्षमा डिभोर्समा लगेको यो दोस्रो विवाह हो । डिभार्सपछि बेलायती अभिनेत्रीले कार्टिएर र गुच्चीका घडी आफ्नो साथमा राख्न पाउनेछिन्, त्यसैगरी एक लाख १० हजार डलर पर्ने हिराका गहना पनि उनैको सम्पत्तीका रुपमा हरनेछ ।
पेपालका संस्थापकले श्रीमतीलाई सम्वन्ध विच्छेद (पेअफ) गर्दा १४ लाख डलर दिएको अदालती आदेश कागजातमा छ । अफ्रिकन नागरिक इलोनले युनिभर्सिटी अफ पेनसेल्भिानियामा अध्ययन गर्दादेखि नै सफलता पाउन थालेका थिए । उनले पहिलो कारोवार सन् १९९९ मा जीप टु सफ्टवेयरलाई तीन करोड ४० लाख डलरमा विक्री गरेर गरेका थिए । उनी अनलाइनबाट पैसा पठाउने पेपालको संस्थापक समेत हुन । पेपाल सन् २००२ मा इबेले एक अर्ब २० करोड डलरमा किनेको थियो ।
उनले त्यसै वर्ष स्पेश एक्स कमपनी खोलेका थिए, जसले बाहिरी अन्तरिक्षको खोज गर्दछ । सन् २००९ मा उनको आफ्नो निजी कम्पनीसँग अन्तरिक्षमा जाने इन्धनयुक्त रकेट थियो । यसले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म कार्गोको ढुवानी गर्दछ, जसको मूल्इ एक अर्ब ६० करोड डलरदेखि तीन अर्ब एक करोड डलरवीचको मूल्यांकन गरिएको छ ।
यसैगरी इलोनसँग विद्युतीय कार कम्पनी टेल्सा मोटरसमेत छ, यो कम्पनीको सन् २०१० मा सर्वसाधरणलाई सेयर विक्री गरेर २२ करोड ६० लाख डलर उठाएको थियो । यति धेरै सम्पत्ती हुँदा पनि बेलायती अभिनेत्री भने इलोनको अफर विरुद्ध अदालतमा नजाने भएकी छन् । ४१ वर्षका इलोनको मासिक व्याक्तिगत खर्च मात्रै दुई लाख डलर डेढ करोड रुपैयाँ छ । सन् २०१० मा इलोनले क्यानडाकी उपन्यासकार जस्टिन मस्कसँग विवाह गरेका थिए । जस्टिनतर्फ इलोनका दुई छोरा छन् ।

Tata
GBIME