एनटिसीको मोबाइलमा पनि डाटा र फोन प्रयोग गरेको समय थाहा पाउन सकिने, तत्काललाई पोष्टपेडमा

बिजमाण्डू
२०७१ बैशाख २० गते ००:०० | May 3, 2014
एनटिसीको मोबाइलमा पनि डाटा र फोन प्रयोग गरेको समय थाहा पाउन सकिने, तत्काललाई पोष्टपेडमा
काठमाडौं। तपाईंले मोबाइलबाट कहाँ कति मिनेट फोन गर्नुभयो । मोबाइलबाटै केका लागि कति एमबीको डाटा प्रयोग गर्नुभयो । थाहा छ ?
अहँ अहिलेसम्म थाहा छैन होला । त्यसो हो भने अब औंलामा नै तपाईंले कहाँ कति मिनेट फोन गरिएछ तुरुन्तै थाहा पाउन सक्नुहुन्छ ।
यसको लागि नेपाल टेलिकमले मोबाइलमा उपयोग गरिएको सबै विवरण उपभोक्ताले सजिलै पाउन सक्ने व्यवस्था गरेको छ ।
यसअघि फोनको सम्पूर्ण विवरण टेलिकमको सम्बन्धित कार्यालयमा गएर लिनु पर्ने व्यवस्था थियो। त्यसको लागि ग्राहकले अनेकन झन्झट व्यहोर्नुपर्ने गुनासो गर्दै आएका थिए ।
 बढीमा दुई हप्ताभित्र यो सेवा ग्राहकलाई दिने टेलिकमका प्रवन्ध निर्देशक अनुपरञ्जन भट्टराई बताउँछन् । नेपाल टेलिकमले तत्कालको लागि पोष्टपेड मोबाइल प्रयोगकर्तालाई मात्रै यो सुविधा दिने जनाएको छ ।
पोष्टपेड प्रयोगकर्ताले यो सेवा लिन सबै भन्दा पहिले नेपाल टेलिकमको वेवसाइट www.ntc.net.np मा गई लगइन गर्ने ठाउँमा युजर नेम र पासवर्डको प्रयोग गर्नुपर्ने छ । त्यसपछि उपभोक्ताले आफ्नो मोबाइलमा उपयोग गरिएको एमएस, एमएमएस, डाटा र फोन लगायतका सबै सेवाबारे जानकारी लिन सक्नेछन् । ग्राहकले आफ्नो युजरनेममा मोबाइल नम्बर र पासवर्डमा टेलिकमले सिमकार्डसँगै उपलब्ध गराउने दिने पुक नम्वर प्रयोग गर्न सक्नेछन् ।
यदि पासवर्ड वा पुक नम्वर छैन भने ग्राहकले उगप  टाइप गरेर १४०० मा एसएमएस गरे तुरुन्तै पुक नम्वर थाहा पाउन सकिने टेलिकमका सहायक प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् ।
हाललाई यो सेवा एन्ड्रोइड अपरेटिङ सिस्टम भएको मोबाइलामा मात्रै  लिन सकिने छ । तर नेपाल टेलिकमले चाँडै ने सबैखाले मोबाइलमा यो सेवा दिने बताएको छ ।
टेलिकमका सहायक प्रवक्ता जोशीका अनुसार यो सुविधाले ग्राहकलाई आफूले गरेको फोनबारे जानकारी मिल्छ । उनी भन्छन् , 'उपभोक्ताले मैले कहाँ कस्लाई कति मिनेट फोन गरेछु भनेर थाहा पाउन र डाटा कति प्रयोग गरेछु भनेर आफ्नो खर्च क्याल्कुलेट गर्न सहयोग पुग्छ ।' यो सेवा निशुल्क हो ।

Tata
GBIME
Nepal Life