कामदारको दुःख कम गर्न र्यापिड टास्क टिम, दोषी कर्मचारीलाई पनि कारवाही हुने

बिजमाण्डू
२०६९ भदौ ९ गते ००:०० | Aug 25, 2012

काठमाडौ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन उच्चस्तरीय दुई समिति गठन गरेको छ । विदेश जाने कामदारले दुःख पाउने क्रम नरोकिएपछि सरकारले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय केन्द्रीय समन्वय समिति गठन गरेको छ ।
यो समितिमा मुख्यसचिव लीलामणि पौडेल पनि छन् भने गृहमन्त्रालयका सहसचिव शंकर कोइरालाको संयोजकत्वमा स्पेशल र्यापिड टाक्स टिम गठन भएको छ ।
वैदेशिक रोजगारमा कुनै कर्मचारी संलग्न भएको पाइएमा तत्कालै कारवाही गर्नसक्न अधिकार यो समितिलाई दिइएको छ । वैदेशिक रोजगारीमा जाने कामदार म्यानपावर व्यवसायी र कर्मचारीको मिलेमतोमा ठगिन थालेपछि सरकारले समिति गठन गरेर तत्काल कारवाही गर्न सक्ने अधिकार दिएको हो ।
यो समितिले कर्मचारी दोषी पाइएमा ग्रेड घटाउने, निलम्बन गर्नेसम्मको अधिकार दिइएको छ । यो वाहेक ¥यापिड टिमले म्यानपावरको अनुगमन र तत्कालै कारवाही गर्न सक्छ ।

Tata
GBIME
Nepal Life