नेपाली कामदारका लागि मलेसिया पहिलो गन्तब्य, म्यानपावर पनि त्यतै केन्द्रित

बिजमाण्डू
२०६९ भदौ ८ गते ००:०० | Aug 24, 2012
नेपाली कामदारका लागि मलेसिया पहिलो गन्तब्य, म्यानपावर पनि त्यतै केन्द्रित

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरु मलेसियामा केन्द्रित हुन थालेका छन् । त्यसको पुष्टि गर्दै एक म्यानपावर व्यवसायीले भने,  पहिला मलेसिया कामदार पठाउने म्यानपावर एजेन्सीलाई ‘सी’ ग्रेड मानिथ्यो, तर अहिले त्यही भन्नेहरु मलेसिया कामदार पठाउन थालेका छन् ।
कतार, साउदी अरबमा कामदार पठाउने म्यानपावर एजेन्सीहरुले अहिले मलेसियामा कामदार पठाउन थालेको व्यवसायीहरुले बताएका छन् । मलेसियामा कामदारको न्यूनतम तलब बढाउने निर्णय गरेपछि म्यानपावर कम्पनी यता केन्द्रित भएका हुन् ।
मलेसियाले न्यूनतम तलब बढाउने निर्णय छ महिनापछि कार्यान्वयनमा आउनेछ । अर्को काठमाडौ – क्वालालम्पुर उडान भर्ने एयरलाइन्स आउने क्रम बढेका छन् । यसले पनि कामदार पठाउन सजिलो भएको छ । मलेसियामा अहिलेसम्म सात लाख ७३ हजार नेपाली कामका लागि गएका छन् । मलेसिया नेपाली कामदारको लागि पहिलो गन्तब्य हो ।

Tata
GBIME
Nepal Life