विश्वका दश शक्तिशाली महिला जसले संसार हल्लाए (तस्वीर समाचार)

बिजमाण्डू
२०६९ भदौ ७ गते ००:०० | Aug 23, 2012
विश्वका दश शक्तिशाली महिला जसले संसार हल्लाए (तस्वीर समाचार)


काठमाडौं । विश्व पुरुषले मात्र चलाएका छैनन्, यो विश्वलाई महिलाले पनि हलाएका छन् । फब्र्सले विश्वका शक्तिशाली १०० महिलको सूची बनाएको छ, जुन सूचीमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, राष्ट्रध्याक्षदेखि, उद्यमी, सेलिब्रेटीदेखि सामाजिक कार्यकर्तासम्म परेका छन् । ती सयजनाको सूचीमध्ये यहाँ १० जनाको सूची छ, जो पहिलो दश भित्र परेका छन् र साँच्च नै विश्वलाई हलाउने ताकत राख्छन् । दश सूचीमा छ जना महिला अमेरिकी हुन् । ११ औं नम्वरमा ओपरा विन्फ्रे छन् भने १२ औं नम्वरमा पेप्सीकी प्रमुख कार्यकारी अधिृकत इन्दिरा नुयी छन् ।
सूचीको १४ औं नम्वरमा लेडी गागा, १९ औं नम्वरमा बर्मेली राजनीतिज्ञ आङ साङ सुकी, २१ औं नम्वरमा मारिसा मायर, २६ औं नम्वरमा बेलायती महारानी एलिजावेथ, २६ औं नम्वरमा अष्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्ड छन् । २८ औं नम्वरमा अमेरिकी सभामुख न्यान्सी पोलिसी, ३० औं नम्वरमा थाइ प्रधानमन्त्री यिङलक सिनावात्रा, ३५ औं नम्वरमा विश्वकै धनी महिना जर्जिना रिनेहार्ट, ३८ औं नम्वरमा जेनिफर लोपेज, ४० औं नम्वरमा साकिरा, ६६ औं नम्वरमा एन्जिलिना जोली, ७८ औं नम्वरमा ह्यारि पोर्टरकी लेखिका जेके रोलिङ छन् । सूचीको अन्तिम अर्थात एक सय नम्वरमा कतारी राजाकी छोरी सेख गायमा अल थानी छन् । स्रोत : फर्व्स

१. एन्जेला मार्केल : जर्मन चान्सलर एन्जेला मार्केल सूचीको पहिलो नम्वरमा छन् । युरोपको आइरन लेडीका रुपमा चिनिने मार्केलले युरोजन संकटलाई समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । ग्रिस, स्पेन, इटाली, प्रोचुगलको वित्तीय संकट समाधानका लागि उनले ती सबै उपायहरु अपनाइन जसले उनलाई युरोपको नेताका रुपमा उभ्यायो । त्यसबाहेक क्योटो सन्धी पारित गर्न महत्वपूर्ण भूमिका खेलेर विश्व नेताका रुपमा पनि स्थापित भइन । सन् २००५ देखि चान्सलरको पदमा रहेकी ५८ वर्षे मार्केलको लोकप्रियता अझै बढिरहेको छ । सन् २०१३ मा आम चुनाव हुँदैछ र अहिलेसम्मको पूर्वानुमानमा उनी चान्सलको उम्मेदवार बने ७० प्रतिशत भोट पाउनेछिन् ।

२. हिलारी किलन्टन : अमेरिकी विदेशमन्त्री हिलारी किलन्टनको पहिलो कार्यकाल सकिनै लागेको छ, दोस्रो कार्यकालका लागि चुनावी अभियानमा व्यस्त हिलारीले यो वर्ष मात्रै ४२ मुलुकको भ्रमण गरेर, अमेरिका कति शक्तिशाली छ भन्ने कुरालाई प्रमाणित गरिन । बाराक ओबामासँग अमेरिकी राष्ट्रपतिकी उम्मेदवार बनेकी हिलारीले विदेशमन्त्रीका रुपमा विकिलिक्सले क्षती गरेको अमेरिकी छवीलाई सुधार गर्न महत्वपूर्ण भूमिका खेलिन । सिरियाका राष्ट्रपति बसार असदलाई शक्ति हस्तान्त्रण गर्न र देश छाडेर हिंड्न सुझाव दिइन, उत्तर कोरियाका नयाँ राष्ट्रपति किम जोङ युनलाई पिताको सैनिक तानाशाह प्रवृत्ति छाड्न चुनौती दिइन । ६४ वर्षकी हिलारी यो वर्षको अन्त्यबाट सार्वजनिक जीवन बिताउने योजना सार्वजनिक गरेकी छन् तर उनलाई सन् २०१६ को राष्ट्रपति उम्मेदवारका रुपमा अहिलेदेखि नै आंकलन गर्न लागिएको छ ।

३. दिल्मा रुसेफ : विश्वका ठूला अर्थतन्त्रमध्ये एक ब्राजिलकी राष्ट्रपति दिल्मा रुसेफ आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालको मध्यमा छन् तर उनले ब्राजिलको आर्थिक उन्नतीका लागि महत्वाकांक्षी कार्यक्रमहरु सार्वजनिक गरेर चर्चामा छन् । सन् २०१४ सम्म ब्राजिली नागरिकको गरिवी निवारण, शिक्षामा, स्वास्थ्य र सरसफाइमा पहुँच पु¥याउने उनको कार्यक्रम छ । आर्थिक समृद्धि पहिलो प्राथमिकता बताउने दिल्माले साना तथा मझौला उद्योगलाई प्रोत्साहन, ठूला उद्योगको संरक्षण र निर्यातमा जोड दिएकी छ । ६४ वर्षकी विधवा दिल्माको लक्ष्य मध्यमवर्गीय ब्राजिलीलाई तिव्र प्रतिश्पर्धी र उच्च शिक्षित बनाउनु छ । जुन महिनामा गरिएको एउटा मत सर्वेक्षणमा ७७ प्रतिशत मतदाताको मन जित्न सफल दिल्माले सन् २०१४ मा दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति छानिने निश्चित छ ।

४. मेलिन्डा गेट्स : विश्वको दोस्रो ठूलो धनाढ्य विल गेट्सकी श्रीमती मेलिन्डा गेट्स विल एण्ड मेलिन्डा गेट्स फाउण्डेशनकी सहअध्यक्ष हुन् । यो फाउण्डेशन व्याक्तिगत रुपमा संसारकै सबैभन्दा ठूलो फाउण्डेशन हो, जसले जन्मदर नियन्त्रणका लागि भ्याटिकल सिटीको मान्यतासँग लडिरहेको छ । क्याथोलिक धर्म मान्ने ४८ वर्षे मेलिन्डाले गरिव देशका महिलाको जीवनस्तर सुधारका लागि थप ५६ करोड डलर व्याक्तिगत रुपमा फाउण्डेशनलाई दिइन । यसबाट आगामी आठ वर्षसम्म फाउण्डेशनले १४ करोड डलरका हाराहारीमा गरिव देशका महिलाको जीवनस्तर सुधारका लागि खर्च गर्न सक्छ । गतवर्ष फाउण्डेशनले दुई अर्ब ६० करोड डलर खर्च गरेको थियो । अहिलेसम्म फाउण्डेशनका लागि गरिवी निवारण, सार्वजनिक स्वास्थ्यको सुधार र शिक्षामा लगानी गर्न २५ अर्ब डलर दिने प्रतिवद्धता भैसकेको छ ।

५ जिल आब्रमसन : न्युयोर्क टाइम्सकी कार्यकारी सम्पादक जिल आब्रमसन यो संस्थामा यस्तो जिम्मेवारी पाउने पहिलो महिला हुन् । उनले १६१ वर्षको न्युयोर्क टाइम्सको इतिहासमा ५८ वर्षे जिल वरिष्ठ सम्पादक मात्र भइनन्, पब्लिकेशन हाउसको नेतृत्व गर्न पनि आइन । डिजिटल संस्करणको यो चुनौती सम्हालेपछि अहिले एनवाईटाम्स डटकमसँग पाँच लाख ग्राहक पैसा तिर्ने इन्टरनेट सब्सक्राइव्र छन् भने मासिक चार करोडले यो साइट हेर्छन ।

६. सोनिया गान्धी : छिमेकी मुलुक भारतकी सत्तारुढ संयुक्त मोर्चाकी संयोजक सोनिया गान्धी काँग्रेस अध्यक्षका रुपमा सबैभन्दा लामो समय नेतृत्व गरेर इतिहास बनाइसकेकी छन् । ६५ वर्षकी पूर्वप्रधानमन्त्री राजिव गान्धीकी विधवा सोनियाले यही वर्ष क्यान्सरको सर्जरी गराएकी थिइन । काँग्रेसको नेतृत्वमा आएपछि पार्टीमा चमत्कारिक सुधार गरेकी सोनियाका विषयमा अहिले आलोचना धेरै गरिन्छ ।

७. मिचेल ओबामा : अमेरिकी राष्ट्रपति बराक ओबामाकी ४८ वर्षे श्रीमती मिचेल पतिभन्दा पनि लोकप्रिय छन्,  यो वर्ष हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावमा दोस्रो पटकका लागि प्रतिश्पर्धा गरिरहेका बराकका लागि मिचेल सबैभन्दा ठूलो अस्त्र हुन । सैनिक परिवारप्रति देखाउने उनको प्रतिवद्धता र उनको फेशन शैलीले उनलाई संधै चर्चामा राख्छ । यो वर्ष उनले बेलायतमा भएको ओलम्पिकमा अमेरिकको नेतृत्व गरिन ।

८. क्रिस्टिना लिगार्ड : अन्तराष्ट्रिय मुद्रा कोषकी प्रवन्ध निर्देशक क्रिस्टिना लिगार्ड, यस्तो पदमा पुग्ने पहिलो महिला हुन् । गतवर्ष मुद्रा कोषको मुखिया नियुक्त भएकी ५६ वर्षे क्रिस्टिनाको पहिलो वर्ष जर्मन चान्सलर एन्जेला मार्केलसँग मिलेर युरोपको वित्तीय संकट समाधानमै सकियो । यो वर्ष यी दुई निक्कै घनिष्ठ साथी पनि बने । फ्रेन्चमा जन्मेकी क्रिस्टिना कोषमा पुग्नु अघि त्यहाँकी अर्थमन्त्री थिइन् ।

९. ज्यानेट नापोलितानो : अमेरिकाकी गृहमन्त्री ज्यानेट नापोलितानो त्यसअघि सन् २००३ देखि २००९ सम्म एरिजोनाकी गभर्नर थिइन । अमेरिकी राजनीतिमा राष्ट्रपति, विदेशमन्त्रीपछिको तेस्रो शक्तिशाली पद मानिने गृहमन्त्रीमा नियुक्त भएपछि उनको पहिलो ध्यान सीमा सुरक्षा बढाएर आप्रवासीहरुलाई रोक्नमा केन्द्रित छ । अविवाहित ५४ वर्षे ज्यानेटलाई कानून पालाना गराउने कडा स्वभावकी राजनीतिज्ञका रुपमा चिनिन्छ ।

१०. सेरिल स्याण्डवर्ग : विश्वका दश शक्तिशाली महिलाको सूचीमा पर्ने सेरिल स्याण्डवर्ग छैठौं महिला हुन् । अमेरिकी कम्पनी फेशबुकी चिफ अपरेटिङ अफिसरका रुपमा चार वर्ष काम गरेपछि यो वर्ष उनलाई फेसबुकको सञ्चालक सदस्य बनाइएको छ । सिओओ रहँदा उनले फेशबुकलाई अहिलेको उचाईमा ल्याइन भने एक खर्ब डलरको आइपिओ पनि गराइन । ४२ वर्षकी सेरिलसँग फेसबुकको एक अर्ब डलरको सम्पत्ति छ ।

Tata
GBIME
Nepal Life