नेपाल डेरिभेटिभले ल्यायो नयाँ सफ्टवेयर, नमूना कारोवार सफल

२०६९ असार १७ गते ००:००

काठमाडौं । नेपाल डेरिभेटिभ एक्सचेन्ज लि. ले नयाँ सफ्टवेयर एमटि फाइभ भित्र्याएको छ । आफ्नो कारोबारलाई फराकिलो बनाउन र ब्रोकर तथा ट्रेडरहरुलाई बजारको सहज पहुँच पुर्याउन ठूलो लगानी गरि यस अन्तर्राष्ट्रिय मान्यता प्राप्त सफ्टवेयरको प्रयोग सुरु गरिएको हो ।
एक बर्ष अघि सफ्टवेयर खरिद गरिएको भएता पनि आन्तरिक परिक्षण गर्न प्रशस्त समय लिइएको र नमुना कारोबारको सफल परिक्षण पश्चात मात्र यसलाई लाईभ मार्केटमा जडान गरिएको हो । मेटाकोट्स इन्क सिंगापूर मार्फत दीर्घकालीन सम्झौता गरि एन्डेक्सले यसलाई बजारमा ल्याएको हो । नेपालका एक्सचेन्जहरुमा सिफटिसि को स्ट्याण्डर्ड पूरा गरेको सफ्टवेयर भित्र्याउने एन्डेक्स पहिलो एक्सचेन्ज हो ।
हाल प्रयोगमा रहेको भर्टेक्स एफ एक्स भन्दा धेरै सुबिधा रहेको यस सफ्टवेयरमा अत्याधुुनिक चार्टिङ सुबिधा उपलव्ध छ । वन क्लिक टेडिङ, अटोट्रेडिङ प्राविधिक तथा आधारभुत अध्ययन सुबिधा भएकोले एमटि फाइभले ट्रेडरहरुलाई नयाँ अनुभव दिनेछ भने कारोबारको गतिलाई बढाउने छ ।
राजधानीमा आइतबार भएको आफ्ना ब्रोकर मेम्बरहरुको भेलामा कम्पनिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रधानका अनुसार कम्पनिले एमटि फाइभको सफल जडान पश्चात स्थानीय करारहरुको कारोबारको लागि म्याचिङ इन्जिन पनि चाँडै सार्वजनिक गरिने जानकारी दिनुभयो ।


Sunrise Bank
TATA
GBIME