नागबेली लघुवित्तको एक लाख ४३ हजार कित्ता सेयर सूचीकृत, मूल्य व्याण्ड १४७ देखि ४४१ रुपैयाँ

बिजमाण्डू
२०७० चैत्र १३ गते ००:०० | Mar 27, 2014
काठमाडौं। नागबेली लघुवित्त बिकास बैंकको विहीवार एक लाख ४३ हजार कित्ता सेयर सूचीकृत भएको छ । बैंकको चैत २३ गते आइतवारबाट कारोबार हुने नेप्सेले जानकारी दिएको छ । बैंकले पहिलो कारोबारको लागि एक सय ४७ देखि चार सय ४१ रुपैयाँको ब्याण्ड पाएको छ । बैंकले सेयर कारोबारको लागि एनबीबीएल संकेत पाएको छ । 
नागबेली लघुवित्त बिकास बैंकको प्राथमिक सेयर निष्कासन (आइपीओ)मा  तीन सय १७ गुणा बढि  ९ एक अर्ब ३६ करोड रुपैयाँको आवेदन परेको थियो । कर्मचारी र सामूहिक लगानी कोषको लागि छुट्याएको बाहेक बाँकीमा मात्र भने सर्वसाधारणबाट तीन सय ४२ गुणा बढि आवेदन परेको देखिन्छ । गत २३ मंसीरमा नागबेली लधुवित्त बिकास बैंकले ४२ लाख ९० हजार रुपैयाँ बराबरको ४२ हजार नौं सय कित्ता सेयर निष्कासन गरेको  थियो । एक सय रुपैयाँ अंकित मूल्य रहेको बैंकको सेयर मध्ये आठ सय ८५ कित्ता सेयर आफ्ना कर्मचारीहरुको लागि छुट्याइएको थियो । सामूहिक लगानी कोषको लागि छुट्याइएको दुई हजार एक सय ४५ कित्ता सेयर सिद्धार्थ लागानी बृद्धि योजनालाई बाँडफाँट गरिएको थियो । बैंकको सेयरमा न्युनतम ५० देखि अधिकत्तम पाँच हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।
बैंक गत अव २०६९/७० मा ३४ लाख ५७ हजार नाफामा रहेको छ । बैंकमा दुई करोड २८ लाख निक्षेप रहेको छ भने ११ करोड १८ लाख कर्जा तथा सापट लगानी गरेको छ । बैंकले पनि आइपीओ निकालेको दुई बर्षसम्म बोनस वा हकप्रद दिने सम्भावना छैन् । सेयर निष्कासन पछि एक करोड ४३ लाख चुक्तापूँजी पुग्ने बैंकले आव २०७२/७३ सम्म चुक्तापूँजीमा फेरबदल नहुने प्रक्षेपण गरेको छ । 
 

Tata
GBIME
Nepal Life