काठमाडौ । सरकारले निकासी बढाउन ल्याएको नगद अनुदान दुरुपयोग हुन थालेपछि नयाँ कार्यविधि बनाइने भएको छ । प्रधानमन्त्री संयोजक रहेको नेपाल व्यवसायिक मञ्चले तयार पारेको सुझावमा तेस्रो मुलुक निकासी गर्ने उद्योगीलाई मात्रै अनुदान दिन प्रस्ताव गरिएको छ । यस सम्वन्धी कार्यविधि उद्योग मन्त्रालयले भदौको तेस्रो साता तयार गरेर मन्त्रिपरिषद्मा पठाउने उल्लेख छ । नयाँ कार्यविधि बनेपछि तेस्रो मुलुकमा नेपाली वस्तु पठाएका उद्योगीले सजिलै अनुदान पाउने छन् ।
दुई वर्षअघि नेपालको निकासी लगातार घटेर शोधानान्तर घाटा उच्च भएपछि सरकारले निकासी बढाउन नगद अनुदान दिने कार्यक्रम बजेट मार्फत ल्याएको थियो । दुई वर्षअघि बजेटमा व्यवस्था गरिएको नगद अनुदान अहिले वितरण गर्न थालिए पनि ठूला घरानाको चलखेलका कारण तयारी पोसाक, पस्मिना, हस्तकला, गलैंचा उद्योगले पाउन सकेका छैनन् ।