काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निकासीको पुनर्कर्जा सरलीकरण गर्ने निर्णयलाइ पछ्याउँदै ग्लोबल आइएमई बैंकले सहुलियत कर्जा दिन थालेको छ । बैंकले सहुलियतमा कर्जा दिन थालेपछि निकासी उद्योगी उत्साहित भएका छन् । निकासी उद्योगीले यसअघि अरु उद्योग सरहनै ब्याज तिर्नुपर्ने अवस्था थियो । निकासी उद्योगलाई साढे चार प्रतिशत ब्याजमा ऋण पाउन थालेपछि उद्योगी उत्साहित भएका छन् ।
उनीहरुले सहुलियतमा ऋण पाउन थालेपछि विश्वबजारमा प्रतिस्पर्धी भएर निकासी बढ्ने दावी समेत गरेका छन् । चर्को लागतका कारण पनि विश्व बजारमा नेपालका उत्पादन प्रतिस्पर्धी बन्न सकेको छैन । बढ्दो लोडसेडिङ, यातायात भाडा, चर्को ब्याजले नेपालको उत्पादन भारतकै तुलनामा ४० प्रतिशत महँगो छ ।
