लिटिल स्टारको उपाधी सानिया गौतमलाई, ब्रिसुताले जितिन मोस्ट डिसिप्लिन अवार्ड

बिजमाण्डू
२०७० चैत्र १ गते ००:०० | Mar 15, 2014
लिटिल स्टारको उपाधी सानिया गौतमलाई, ब्रिसुताले जितिन मोस्ट डिसिप्लिन अवार्ड

काठमाडौ । नेपाली लिटिल स्टार-२०१४को उपाधी सानिया गौतमले जितेकी छन् । इको इन्टरनेशनलले आयोजना गरेको लिटिल स्टार प्रतियोगितामा पुरुषतर्फ यो उपाधि लङ्गिन तामाङले प्राप्त गरेका छन् । प्रतियोगितामा सुवी गुरुङ र वेदज्ञरा जोशी फर्स्ट रनरअप भएका छन् । मोस्ट डिसिप्लिन अवार्ड ब्रिसुता चापागाइँले प्राप्त गरेकी छिन् ।
बालबालिकामा निहित प्रतिभा उजागर गर्न लिटिल स्टार २०१४ प्रतियोगिता आयोजना गरिएको इको इन्टरनेशनलले जनाएको छ । प्रतियोगितामा ३४ बालिका र सातजना बालक सहभागी थिए । १० वर्ष र त्यसमुनि र ११ देखि १४ वर्ष उमेर समूह गरी दुइ समूहका प्रतियोगीहरु लिटिल स्टार २०१४ मा सहभागी थिए । प्रतियोगिताका विजयीले लिटिल मिस वर्ल्डमा भाग लिन पाउने आयोजक संस्था इको इन्टरनेशनलले जनाएको छ ।
 

Tata
GBIME
Nepal Life