अरुण भ्याली : १५ प्रतिशत बोनस सेयरको प्रस्ताव, प्रतिसेयर २६ रुपैयाँले मूल्य बढ्यो

बिजमाण्डू
२०६९ भदौ ३ गते ००:०० | Aug 19, 2012
अरुण भ्याली : १५ प्रतिशत बोनस सेयरको प्रस्ताव, प्रतिसेयर २६ रुपैयाँले मूल्य बढ्यो


काठमाडौं । १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको दिन आइतवार नेपाल स्टकमा अरुण भ्याली होइड्रोपावरको प्रतिसेयर २६ रुपैयाँले बढेको छ । प्रतिकित्ता ३१९ रुपैयाँमा कारोवार भएको अरुण भ्यालीको आइतवार तीन सय ४५ रुपैयाँमा कारोवार भयो ।
हाइड्रोका सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय शुक्रवार बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको थियो । कम्पनीले बोनस सेयर जारी गर्न लाग्ने शुन्य दशमलव ७५ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि गरेको छ । कम्पनीले आगामी साधरणसभाबाट बोनस सेयर पारित भएपछि वितरण गर्ने जानकारी पनि दिएको छ ।
आइतवार स्टकमा आठ लाख ७४ हजार रुपैयाँमा अरुण हाइड्रा दुई हजार ६३० कित्ता सेयर कारोवार भयो । गत साताको अन्तिम कारोवारी दिन विहिवार अरुण भ्यालीको प्रतिकित्ता सेयर छ रुपैयाँले ओरालो लागेको थियो । केहि दिन अघि गत आर्थिक वर्षको वित्तीय विवरण प्रकासित भएपछि अरुणको सेयर मूल्य ओरालो लाग्दै आएको थियो ।
उता आइतवार चिलिमेको सेयर पनि प्रतिकित्ता एक रुपैयाँले बढेर कारोवार भयो । बुटवल पावर कम्पनीको सेयर पनि प्रति कित्ता दश रुपैयाँले बढेर कारोवार भयो । अरुण भ्याली, चिलिमे र बुटवल पावरको सेयर मूल्य बढेपछि नेप्सेमा जलविद्युत समूहको सेयर सूचकांक साढे छ अंकले बढेको छ ।
आइतवार उत्पादन समूहको युनिलिभरको सेयरमूल्य समेत उच्च दरमा बढेको छ । युनिलिभरको प्रतिकित्ता सेयर एक सय ३१ रुपैयाँले बढेको हो । उच्च नगद लाभांशको घोषणा गरेपछि मंगलवार प्रतिसेयर दुई सय ७४ रुपैयाँ र  विहिवार त्यसलाई पछ्याउँदै दुई सय ८५ रुपैयाँले मूल्य बढेको छ । चार दिनमा युनिलिभरको प्रतिसेयर मूल्य ५९० रुपैयाँले बढिसकेको छ ।
अरुण भ्याली, चिलिमे र बुटवल पावरको सेयर मूल्य बढेका कारण नेप्सेमा आइतवार जलविद्युत समूहमा हरिया बत्ती बल्यो भने युनिलिभरको सेयर मूल्य उच्च बढेपछि उत्पादन समूहको सूचकांकमा पनि हरियो बत्ती बल्यो । यसबाहेक अरु सबै सूचकांकमा आइतवार रात्तो बत्ती बलेको छ ।

Tata
GBIME