काठमाडौं । सामसङ ग्यालेक्सी एस थ्री अब नविल बैंकका क्रेडिट कार्ड होल्डरहरुका लागि पनि किस्तामा उपलब्ध हुने भएको छ । टेलिकम कम्पनी एनसेलले नविल बैंकसँगको सहकार्यमा ग्यालेक्सी एस थ्री मासिक ६४९९ रुपैयाँको किस्तामा उपलब्ध गराउन लागेको हो ।
यो किस्तावन्दी सेवामा एनसेलको प्रो पि्रमियम सेवा पनि उपलब्ध हुने नविल बैंकले जानकारी दिएको छ । शुन्य प्रतिशत व्याजदरमा उपलब्ध हुने यसको इएमआई १२ महिनासम्म तिर्नुपर्दछ । बैंकले क्रेडिट कार्ड होल्डरका लागि एस थ्री किन्न आवश्यक पर्ने थप रकम बराबर क्रेडिट लिमिट बढाइदिने भएको छ भने यो योजनाका लागि क्रेडिट कार्ड लिनेलाई ५० प्रतिशत शुल्क मिनाहाको प्रस्ताव समेत गरेको छ । यो सेवा नविलको मास्टर र भिसा दुवै कार्डमा उपलब्ध भएको बैंकले जानकारी दिएको छ ।
