काठमाडौंमा टर्किस मेला, इस्तिकबाल, सुभारी र रोडिमुद एक ठाउँमा, ४० प्रतिशतसम्म छुट अफर

बिजमाण्डू
२०७० फागुन ९ गते ००:०० | Feb 21, 2014
काठमाडौंमा टर्किस मेला, इस्तिकबाल, सुभारी र रोडिमुद एक ठाउँमा, ४० प्रतिशतसम्म छुट अफर
काठमाडौं । अखिल ट्रेडिङ कन्सर्न र मेडिटेरियन लिंक होल्डिङले फागुन ९ देखि १७ सम्म काठमाडौंमा टर्किस बजार आयोजना गर्ने भएका छन् । ग्राण्ड टर्किस बजार नाम दिइएको टर्कीमा उत्पादित सामाग्रीको प्रदर्शन युनाईटेड वल्र्ड ट्रेड सेन्टरमा हुनेछ । बजारमा टर्किको इस्तिकबाल फर्निचर, सुभारी मेन्सवेयर, रोडिमुड्स कोलिन, यार्ड क्याजुअल वेयर, आगाज ग्लास हिटर, पापिया, फामिलिया, टेनो पेपर प्रोडक्ट्स र अर्बेला पास्ता आदि प्रदर्शन र बिक्री गरिनेछ । बजारमा प्रदर्शन गरिएका वस्तुमा ४० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ । बजारमा डोर प्राइजको र गिफ्ट भौचर रहने छ । 
अखिल ट्रेडिङले विगत १५ वर्षदेखि टर्किका समाग्री नेपालमा रहेको छ । यस्तै मेडिटेरियन होल्डिङले युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा गत वर्षदेखि सुभारी मेन्सवेयरको शोरुप सञ्चालन गर्दै आएको छ । 
 

Tata
GBIME
Nepal Life