नेप्सेमा अप्रत्यासित नजिता, चार्टडको ६८, युनिलिभरको २८५ ले प्रतिसेयर मूल्य बढ्यो

२०६९ साउन ३२ गते ००:००
नेप्सेमा अप्रत्यासित नजिता, चार्टडको ६८, युनिलिभरको २८५ ले प्रतिसेयर मूल्य बढ्यो


काठमाडौं । बिहिवार नेप्सेमा अप्रत्यासित नजिताहरु देखिए । दुई दिनदेखि सेयर मूल्य घट्दै आएको स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिसेयर मूल्य विहिवार एक सय चार रुपैयाँले बढ्यो । चौथो त्रैमासको वित्तीय विवरण प्रकासित भएपछि मंगलवार दश रुपैयाँ र बुधवार ६८ रुपैयाँले घटेको चार्टडको सेयर मूल्य विहिवार एक सय चार ्रुपैया्ँले बढ्यो । विहिवार चार्टडको प्रतिसेयर एक हजार आठ सय ५६ रुपैयाँमा कारोवार भयो ।
त्यस्तै अप्रत्यासित नजिता नेपाल एसबिआई बैंकको पनि थियो । दुई दिनेदेखि ओरालो लागेको एनबीआईको सेयर मूल्य ३८ रुपैयाँले बढेर कारोवार भयो । एसबिआईको मंगलवार २७ रुपैयाँ र बुधवार २६ रुपैयाँ मूल्य घटेर कारोवार भएको थियो । प्रतिसेयर ६८० रुपैयाँले नगद लाभांश दिने घोषणा गरेको युनिलिभरका सेयरधनीको चाँदी कटाई जारी छ । मंगलवार युनिलिभरको प्रतिसेयर दुई सय ७४ रुपैयाँले मूल्य बढेको थियो भने विहिवार त्यसलाई पछ्याउँदै दुई सय ८५ रुपैयाँले मूल्य बढ्यो । यी तीन दिनमा युनिलिभरको प्रतिसेयर मूल्य चार सय ५९ रुपैयाँले बढ्यो ।
स्टकमा बुधवार युनिलिभरको कुनै कारोवार भएको थिएन । नेपालको सबैभन्दा बढी मुनाफा गर्ने बाणिज्य बैंक बन्दै विहिवार गत आर्थिक वर्षको वित्तीय विवरण प्रकासित गरेको कृषि विकास बैंकको प्रतिसेयर मूल्य सात रुपैयाँले बढ्यो । बैंक आफ काठमाण्डूका सेयरधनी पनि विहिवार नाफामा रहे, प्रतिसेयर मूल्य छ रुपैयाँले बढ्यो । सिटिजन्स बैंकको सेयर मूल्य १३ रुपैयाँले बढ्यो, एभरेष्ट बैंकको नौ रुपैयाँ, अहिलेसम्म वित्तीय विवरण प्रकासित नगरेको हिमालयन बैंकको सेयर मूल्य १९रुपैइाँले बढेको छ ।
कुमारी बैंकको सात रुपैयाँ, इन्भेष्टमेन्ट बैंकको १७ रुपैयाँ र नविल बैंकको सेयर मूल्य १९ रुपैयाँले बढ्यो । विहिवार बैंक, जलविद्युत र बीमा, विकास बैंक समूहको सेयर सूचकांक पनि हरियो भयो । बुधवार यी सबै समूहको सेयर सूचकांकमा रातो बत्ती बलेको थियो । विहिवार नेप्से परिसूचक ६ दशमलव २५ अंकले बढ्दै ३९८.२६ अंकमा पुगेको छ । सबैभन्दा बढी बैंकिङ समूह १० दशमलव ०८ अंकले बढेपछि नेप्सेमा राम्रो सुधार देखिएको हो ।
युनिलिभरको सेयर मूल्य बढेका कारण उत्पादन समूहको सूचकांक १४.७९ अंकले बढ्यो, बीमा संस्थानको ३८ रुपैयाँ, प्राइम लाइफको सात रुपैयाँ, नेपाल लाइफ इन्सुरेन्सको १५ रुपैयाँ, सिद्धार्थ इन्सुरेन्सको १५ रुपैयाँले सेयर मूल्य बढ्यो । शिखर इन्सुरेन्सका सेयरधनीले २७ रुपैयाँ गुमाउनुपर्यो । केही दिनदेखि सेयरमूल्य घट्दै आएको चिलिमे हाइड्रो पावरका सेयरधनीले विहिवार प्रतिसेयर पाँच रुपैयाँ बढे पछि सन्तोषको सास फेर्न पाए । बुटवल पावरको मूल्यमा कुनै परिवर्तन भएन भने अरुण भ्यालीका सेयरधनीले छ रुपैयाँ गुमाए ।


Sunrise Bank
Tata
GBIME