
नयाँदिल्ली । भारतको प्रसिद्ध कम्पनी टाटा मोटर्समा प्रबन्ध निर्देशकको जिम्मेवारी कार्ल स्लिमले सम्हाल्ने भएका छन । यस अघि उनी चीनको जनरल मोटर्समा कार्यकारी उप–प्रमुखको जिम्मेवारीमा थिए । जनरल मोटर्सबाट राजिनामा दिएर उनी टाटा मोटर्समा आएका हुन ।
स्लिमले टाटा मोटर्सको घरायसी बजार ओरालो लागिरहेको बेला कम्पनीको जिम्मेवारी सम्हाल्न लागेका छन । स्लिमले सन् २००७ देखी गत वर्षसम्म जनरल मोटर्सको भारतीय बजारको जिम्मेवारी सम्हालेका थिए । यसै वर्षको जनवरीमा मात्र उनले जनरल मोटर्सको कार्यकारी उप–प्रमुखको जिम्मेवारी पाएका थिए
स्लिम जनरल मोटर्समा सफल र दक्ष व्यवस्थापकका रुपमा स्थापित छन् । उनले अक्टोवर १ देखी टाटा मोटर्समा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । स्लिम कार्यरत जनरल मोटर्स चीनको प्रसिद्ध मोटर्स कम्पनी हो । चीनको गुआनझी प्रान्तमा अवस्थीत यस कम्पनीले यसवर्षको पहिलो छ महिनामा छ लाख ८६ हजार ७२० वटा कार बेचेको छ । जुन अघिल्लो वर्षको यसै समयको तुलनामा १३.६ प्रतिशतले बढी हो ।