कंगाली लागेपछि के गर्नु, एक बेलायतीले बनाए बसलाई आलिसान घर !



बिजमाण्डू
२०६९ असार १५ गते ००:०० | Jun 29, 2012
कंगाली लागेपछि के गर्नु, एक बेलायतीले बनाए बसलाई आलिसान घर !

लण्डन । बेलायतमा स्वरोजगार एक व्याक्तिलाई कंगाली लागेपछि ११ हजार पाउण्ड १५ लाख रुपैयाँ खर्च गरेर दुई तले बसलाई आफ्नो आसियाना मात्र बनाएनन् उनले त्यही बसलाई घर बनाउन आफ्नो जिन्दगीका महत्वपूर्ण चार महिना पनि लगाए । २८ वर्षे डेनियल बोन्डले पुरानो बसलाई दुई कोठे सुविधासम्पन्न घरमा मात्रै बदलेनन् उनले आफ्नी गर्लप्रुेण्डलाई पनि त्यही घरमा भित्रयाए । अटो इलेक्ट्रिसियन बोन्ड नयाँ घर किनेर २० वर्षे गर्लप्रुेण्ड स्टेसीलाई श्रीमतीका रुपमा भित्र्याउन चाहन्थे तर घरजग्गाको बढ्दो मूल्यले त्यो सम्भव भएन ।

यही हो गौंथली घर: ड्यानियलले १५ लाख रुपैयाँ खर्च गरेर बनाएको घर

Tata
GBIME
Zonsen

बोन्डसँग घर किन्नका लागि प्रशस्त पैसा थिएन उनी स्वरोजगार भएकाले बैंकले ऋण पत्याएन त्यसको विकल्पमा उनले पुरानो बस किने अनि त्यही बसलाई सुविधासम्पन्न घरमा बदलिदिए । आमाको असहमतिका बाबजुत बोन्डले गत अक्टोबरमा घर बनाउनकै लागि डबलिन-इष्ट सुसेक्स रुटमा चल्ने डबल डेकर बस किनेका थिए । उनले त्यही बसभित्र दुईवटा बेडरुम एउटा किच्चन टिभी कोठा बार र ट्वाइलेट बनाए ।

खाना पनि पाक्छ: ड्यानियलको किचन बेडरुम र टिभि कोठा

पुरै काठबाट बनाइएको यो बसमा पानी राख्नका लागि २२० लिटरको ट्यांकी बनाइएको छ । केन्द्रीय प्रणालीबाट विजुली जोडिएको छ जसले उज्यालो र अरु विद्युतीय उपकरण चलाउन सकिन्छ । बोन्डले बनाएको घरमा कुकर पि्रुज मात्रै छैन् पानी बग्ने गरी धारो पनि जोडिएको छ ।
ड्यानियल र स्ट्यासी अहिले पनि १९९१ मा बनेको लेल्याण्ड ओलम्पिया डबल डेकर बसमा जीवन बिताइरहेका छन् तर उनीहरु खुशी भने छैनन् । उनीहरु पहिलोपटक घर किन्न खोज्नेहरुका लागि सुविधाको आवश्यकता महसुस गरिरहेका छन् ।
हामी नयाँ घरमा सर्न निक्कै उत्सुक छौं तर घरको मूल्य हामीले सोंचेभन्दा निक्कै महँगो छ भाडामा सर्ने हाम्रो चाहना छैन किनभने हामी हाम्रो पैसा अर्काको घरमा बरवाद गर्न चाहन्नौं । हामी यो कुरामा खुशी छौं कि हामीले यो गर्न सक्यौं तर अरुलाई के लाग्छ भने यिनीहरु किन यस्तो वाहियात काम गरेका होलान् । ड्यानियलको भनाई छ ।
ुजब तपाई यो बसमा छिर्नुहुन्छ तपाईलाई लाग्छ यो सामान्य घर हो तपाई यो भुल्नुहुन्छ यो बस हो ।ु उनले भने । बेलायतको केन्टबरीमा बस्ने ड्यानियलले इ-बेबाट बस किन्नका लागि तीन हजार पाउण्ड खर्च गरेका थिए उनले बाँकी आठ हजार पाउण्ड घर सिगार्न खर्च गरेका हुन् ।
ड्यानियलले एक लाख पाउण्डसम्म पर्ने घर किन्न खोजिरहेका छन् तर बेलायतमा सामान्य एकतले दुई बेडरुम कोठालाई दुई लाख पाउण्ड पर्छ ।