चार्टर्डका कर्मचारीलाई औषतमा वार्षिक १२ लाख तलव, सेञ्चुरीमा साढे तीन लाख, अन्य बैंकमा कति ?

बिजमाण्डू
२०७० माघ ४ गते ००:०० | Jan 18, 2014
चार्टर्डका कर्मचारीलाई औषतमा वार्षिक १२ लाख तलव, सेञ्चुरीमा साढे तीन लाख, अन्य बैंकमा कति ?
विजयराज खनाल/बिजमाण्डू
काठमाडौं । बैंकिङ्ग क्षेत्रमा सबैभन्दा बढी तलव सुविधा स्ट्याण्डड् चार्टड बैंकको छ । चार्टड बैंकमा एक कर्मचारीको मासिक औषत तलव भत्ता एक लाख रुपैयाँ छ । गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका १७ बैंकमध्ये सबैभन्दा कम तलव सुविधा सेञ्चुरी बैंकको छ । बैंकमा एक कर्मचारीले औषतमा वार्षिक साढे तीन लाख रुपैयाँ पाएका छन् ।
बिजमाण्डूले औषत तलव/सुविधा निकाल्न गत आर्थिक वर्षको बैंकको लेखा परीक्षण भएको वित्तीय विवरणलाई आधार मानेको थियो । यसअनुसार बैंकले कर्मचारीलाई भुक्तानी गरेको तलव तथा भत्तालाई जोड गरेर बैंकमा भएका कर्मचारीलाई विभाजन गरी औषत तलव भत्ता निकालिएको हो । कर्मचारीले पाउने तलव भत्तामा प्रमुख कार्यकारी अधिकृतको तलव भत्ता भने हटाइएको छ । प्रमुख कार्यकारी अधिकृतले नेपालमा एक कर्मचारीले पाउने औषत तलवभन्दा ४० गुणा बढीसम्म पाउने गरेका छन् ।

Tata
GBIME
Nepal Life
  Audited Report        
Company Staff expense Staff bonus  Total No of Staff  CEO Avg staff (year)
Bok 286344000 88431000 374775000 490 8525000 748977.5051
Century 86685000 9299000 95984000 257 5978323 351584.6758
Citizen  144435000 57002000 201437000 330 10455360 580491.307
Civil 115190092 17332236 132522328 300 15600000 391044.5753
Everest 461809000 210099000 671908000 643 9082089 1032439.114
Global Ime 289775000 65236000 355011000 868 9751778 398222.8627
Janta Bank 104828000 24555000 129383000 279 9216232 432254.5612
Mega 136772000 25362000 162134000 235 15925000 624824.7863
Nabil bank 646760000 316256000 963016000 742 16920000 1276782.726
Nepal invest 379942000 273758000 653700000 910 14764000 702899.89
Nepal sbi 416560000 110996000 527556000 538   982413.4078
NMB 127355000 49591000 176946000 269 10948207 619394.75
Prime bank 111096000 68252000 179348000 319 10656000 530477.9874
Sanima Bank 99776000 43744000 143520000 231 8395000 587500
SCB 421631000 174200000 595831000 450 19441736 1283717.737
Machharepuchhre 233214000 21722000 254936000 563 6764333 441586.5961
Siddartha bank 216516000 68784000 285300000 370 9094684 748523.8916

बैंकहरुले आफ्ना कर्मचारीलाई पारिश्रमिक र सेवा सुविधासहित  वार्षिक एक अर्ब रुपैयाँसम्म लगानी गरेका छन् । यति हुँदाहुँदै पनि एकै बैंकमा मूख्य पदाधिकारीको तलब अन्य कर्मचारीले पाएको औसत तलबको तुलनामा ज्यादै न्युन छ ।

 
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल

प्रमुख कार्यकारी अधिकृतः जोसेफ सिल्भानुस तलव सुविधाः १,९४,४१,७३६
कर्मचारीः ४५० कर्मचारी खर्चः ५९,५८,३१,००० एक कर्मचारी औषतः १२,८३,७१७
गत आर्थिक बर्ष वाणिज्य बैंकमा सबैभन्दा धेरै तलब बुझ्ने प्रमूख कार्यकारी अधिकृतमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकका जोसेफ सिल्भानुस देखिन्छन । उनले तलब, भत्ता लगायतका गरि कुल एक करोड ९४ लाख ४१ हजार रुपैयाँ बुझेका थिए । बैंकले आफ्ना कुल चार सय ५० कर्मचारीका लागि एक बर्षमा बोनस र पारिश्रमिक गरेर ५९ करोड रुपैयाँ खर्च गरेको थियो । कर्मचारीका लागि भएको कुल खर्चको ३.२६ प्रतिशत पारिश्रमिक सिल्भानुसले मात्र बुझेका छन् । 
सिल्भानुस बाहेकका अन्य बाँकी कर्मचारीले भने प्रति व्यक्ति औसतमा १२ लाख ८३ हजार रुपैयाँ बुझेका छन् । बैंकका अन्य कर्मचारीको तुलनामा सिल्भानुसको पारिश्रमिक १५.१४ गुणा बढि छ । तर अन्य कर्मचारीको औसतमा पारिश्रमिक निकालिएकोले सामान्य ओहदाका कर्मचारीको तुलनामा सिल्भानुसको पारिश्रमिक योभन्दा निकै बढि हुनेछ । 
 
नबिल बैंक
प्रमुख कार्यकारी अधिकृतः अनिल ज्ञवाली तलव सुविधाः १,६९,२०,०००
कर्मचारीः ७४२ कर्मचारी खर्चः ९६,३०,१६,००० एक कर्मचारी औषतः १२,७६,७८२
स्ट्याण्डर्ड चार्टर्ड बैंकका सिल्भानुस पछि यो क्षेत्रमा सबैभन्दा धेरै पारिश्रमिक बुझ्नेमा नबिल बैंकका अनिल ज्ञवाली रहे । ज्ञवालीले तलब र अवकास सुबिधा बापत एक करोड ६९ लाख बुझेका छन् । अन्य थप सुविधाहरु दिइएको बार्षिक वित्तीय विवरणमा उल्लेख भए पनि रकम खुलाइएको छैन । यो पटक बैंकले कुल कर्मचारी खर्चमा समेत १५ प्रतिशतले वृद्धि गरेको थियो । 
बैंकले ज्ञवालीलाई कुल कर्मचारी खर्चको १.७५ प्रतिशत खर्च गरेको देखिन्छ । बैंकले आफ्ना कुल सात सय ४२ कर्मचारीका लागि तलब र बोनस गरि ९६ करोड ३० लाख रुपैयाँ खर्च गर्यो । ज्ञवाली बाहेक अन्य कर्मचारीले भने प्रतिबर्ष औसत १२ लाख ७६ हजार पाएका छन् । ज्ञवालीको पारिश्रमिक अन्य कर्मचारीको तुलनामा १३.२५ गुणा बढि हो । 
 
मेगा बैंक
प्रमुख कार्यकारी अधिकृतः अनिलकेशरी शाहा तलव सुविधाः १,५९,२५,०००
कर्मचारीः २३५ कर्मचारी खर्चः १६,२१,३४,००० एक कर्मचारी औषतः ६,२४,८२४
पारिश्रमिक वृद्धिको अवसर लिदै नबिल बैंकबाट मेगा बैंक पुगेका अनिलकेशरी शाहले गत आर्थिक वर्षमा एक करोड ५९ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन् । उनले बुझेको यो रकम तलब र सञ्चय कोषमा गएको रकम मात्र हो । गाडी, सुरक्षा गार्ड, मोबाइल खर्च, बोनस, बीमा लगायतका अन्य सुविधा पनि उनले पाउँदै आएका छन् । 
आफ्ना कुल दुई सय ३५ कर्मचारीलाई १६ करोड २१ लाख खर्च गरेको बैंकले शाहलाई खर्च गर्न उदार मन देखाएको छ । शाहलाई बैंकले कुल कर्मचारी खर्चको ९.८२ प्रतिशत खर्च गरेको छ । अन्य कर्मचारीले प्रति बर्ष औसतमा छ लाख २४ हजार रुपैयाँ पाएका छन् । अन्य कर्मचारीसंग शाहाको पारिश्रमिकको अन्तर पनि २५.४८ गुणा धेरै छ । 
 
सिभिल बैंक

प्रमुख कार्यकारी अधिकृतः किशोर महर्जन, तलव सुविधाः १,५६,००,०००
कर्मचारीः ३००, कर्मचारी खर्च १३,२५,२२,३२८, एक कर्मचारी औषतः ३,९१,०४४
सञ्चालनमा आएको केही बर्ष मात्र भए पनि नयाँ बैंकको प्रमूख कार्यकारीले पाउने गरेको तलब अन्य पुराना बैंकभन्दा धेरै छ । चार बर्ष अघि स्थापना भएको सिभिल बैंकको प्रमूख कार्यकारी अधिकृत किशोर महर्जनको तलब पनि आकर्षक छ । मासिक १२ लाख तलब बुझ्ने उनले बर्षमा करिब एक करोड ५६ लाख रुपैयाँ पारिश्रमिक वापत बुझ्छन् । यसमा अन्य सुविधाका रकमहरु भने जोडिएको छैन ।
कुल तीन सय कर्मचारीलाई बर्षमा १३ करोड २५ लाख रुपैयाँ लगानी गरेको बैंकले महर्जनलाई भने कुल खर्चको ११.७७ प्रतिशत लगानी गरेको छ । अन्य कर्मचारीले प्रति व्यक्ति औसतमा बार्षिक तीन लाख ९१ हजार पाउँने बैंकमा महर्जन र अन्य कर्मचारीको तलबबीचको अन्तर उच्च छ । महर्जनले अन्य कर्मचारीको तुलनामा ३९.८९ प्रतिशत रकम बढि लिन्छन् । 
 
नेपाल इन्भेष्टमेन्ट बैंक
प्रमुख कार्यकारी अधिकृतः ज्योतिप्रकाश पाण्डे तलव सुविधाः १,४७,६४,०००
कर्मचारीः ९१० कर्मचारी खर्चः ६५,३७,००,००० एक कर्मचारी औषतः ७,०२,८९९

नपाल इन्भेष्टमेन्ट बैंकको प्रमूख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको बार्षिक तलब ४६ लाख २७ हजार रुपैयाँ छ । उनले भत्ता बापत ८५ लाख ७५ हजार, चार्डपर्व खर्च बापत ११ लाख रुपैयाँ पाएका छन् । कर्मचारी सञ्चय कोषमा उनको नाममा बार्षिक चार लाख ६२ हजार पठाउने गरिएको छ । उनले बार्षिक एक करोड ४७ लाख रुपैयाँ तलव भत्ता बुझेका छन् । नौं सय १० कर्मचारी रहेको यो बैंकले पाण्डेलाई मात्र कुल कर्मचारी खर्चको २.२५ प्रतिशत रकम दिएको छ । अन्य कर्मचारीले प्रतिव्यक्ति बार्षिक औसत सात लाख दुई हजार रुपैयाँ पाउने गरेका छन् । अन्य कर्मचारीको तुलनामा भने पाण्डेले २१ गुणा बढि तलब खाने गरेको देखिन्छ । 

एनएमबी बैंक
प्रमुख कार्यकारी अधिकृतः उपेन्द्र पौड्याल तलव सुविधाः १,०९,४८,२०७
कर्मचारीः २६९ कर्मचारी खर्चः १७६९४६००० एक कर्मचारी औषतः ६,१९,३९४

एनएमबी बैंकका प्रमूख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले बर्षको एक करोड नौ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने गर्छन् । तर अन्य सुविधा बापतको रकम भने उल्लेख छैन् । दुई सय ६९ कुल कर्मचारी रहेको बैंकमा कुल कर्मचारीको बार्षिक खर्च १७ करोड ६९ लाख रुपैयाँ छ । पौडेल एक्लैले त्यसको ६.१८ प्रतिशत हिस्स लिने गरेका छन् । बैंकको कर्मचारीले प्रति व्यक्ति बार्षिक औषत छ लाख १९ हजार पाउँछन् । पौडलले भने अन्य कर्मचारीको तुलनामा १७.६७ गुणा बढि तलब बुझ्ने गरेका छन । 
 
प्राइम बैंक
प्रमुख कार्यकारी अधिकृतः नारायणदास मानन्धर तलव सुविधाः १,०६,५६,०००
कर्मचारीः ३१९ कर्मचारी खर्चः १७,९३,४८,००० एक कर्मचारी औषतः ५३०४७७

बैंकका प्रमूख कार्यकारी अधिकृत नारायण दास मानन्धरले गत आर्थिक वर्षमा तलब बापत ५७ लाख ६० हजार बुझेका छन् । मानन्धरले ३८ लाख ४० हजार भत्ता, चार लाख ८० हजार चार्डपर्व खर्च, पाँच लाख ७६ हजार कर्मचारी सञ्चय कोष कट्टा बापत पाएका छन् । 

कुल बार्षिक एक करोड छ लाख बुझ्ने मानन्धरलाई बैंकले गरेको यी बाहेकका अन्य खर्च भने उल्लेख छैन । कुल तीन सय १९ कर्मचारी रहेको बैंकले मानन्धरलाई कुल कर्मचारी खर्चको ५.९४ प्रतिशत खर्च गरेको छ । कुल कर्मचारी खर्च १७ करोड ९३ लाख रहेको बैंकको अन्य कर्मचारीले पारिश्रमिक बापत प्रतिव्यक्ति बार्षिक औसतमा पाँच लाख ३० हजार पाउँछन । मानन्धरको तलब भने अन्य कर्मचारीको तुलनामा २० गुणा बढि छ । 

 
सिटिजन्स बैंक
प्रमुख कार्यकारी अधिकृतः राजनसिंह भण्डारी तलव सुविधाः १,०४,५५,३६०
कर्मचारीः ३३० कर्मचारी खर्चः १३,२५,२२,३२८ एक कर्मचारी औषतः ५,८०,४९१

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी बर्षको ५२ लाख ४१ हजार रुपैयाँ पारिश्रमिक बुझ्छन । उनले ३९ लाख ९३ हजार भत्ता, छ लाख ९६ हजार चार्डपर्व खर्च पाउँछन । बैंकले उनका लागि पाँच लाख २४ हजार कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरिदिन्छ । 
यसरी उनले बार्षिक एक करोड चार लाख ५५ हजार बुझछन् । उनलाई मात्रै बैंकले कुल कर्मचारी खर्चको ५.१९ प्रतिशत लगानी गर्छ । कुल तीन सय ३० कर्मचारी रहेको बैंकमा कर्मचारीका लागि बार्षिक २० करोड १४ लाख खर्च गरिएको थियो । अन्य कर्मचारीले भने प्रतिव्यक्ति बार्षिक औसत पाँच लाख ८० हजार कमाउँछन । अन्य कर्मचारीको तुलनामा भण्डारीले बुझ्ने रकम भने १८ गुणा बढी हो । 
 
ग्लोबल आईएमई बैंक
प्रमुख कार्यकारी अधिकृतः रत्नराज बज्राचार्य, तलव सुविधाः ९७,५१,७७८ 
कर्मचारीः ८६८ कर्मचारी खर्चः ३५,५०,११,००० एक कर्मचारी औषतः ३,९८,२२२

बैंकका प्रमूख कार्यकारी अधिकृत रत्नराज बर्जार्चायको लागि गत आर्थिक वर्षमा बैंकले कुल कर्मचारी खर्चको २.७४ प्रतिशत खर्च गर्यो । ३५ करोड ५० लाख कुल कर्मचारी खर्च रहेको बैंकले बर्जाचार्यलाई बार्षिक ९७ लाख ५१ हजार रुपैयाँ भुक्तान गर्छ । बार्षिक ६० लाख रुपैयाँ पारिश्रमिक पाएका उनले बाँकी रकम भने भत्ता, चार्डपर्व खर्च, बिदा, कर्मचारी सञ्चय कोषमा राखिने रकमबापत पाएका हुन् । कुल आठ सय ६८ कर्मचारी रहेको बैंकमा अन्य कर्मचारीले भने औसतमा प्रतिव्यक्ति तीन लाख ९८ हजार रुपैयाँ पाएका छन् । अन्य कर्मचारीको तुलनामा उनको पारिश्रमिक २४.४८ गुणा बढि छ । 
 
जनता बैंक
प्रमुख कार्यकारी अधिकृतः विजय पन्त(हाल अवकाश) तलव सुविधाः ९२,१६,२३२
कर्मचारीः २७९ कर्मचारी खर्चः १२,९३,८३,००० एक कर्मचारी औषतः ४,३२,२५४
जनता बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत विजय पन्तका लागि गत आर्थिक वर्षमा बैंकले कुल कर्मचारी खर्चको ७.१२ प्रतिशत खर्च गर्यो । भट्टराईले मासिक नौ लाख २१ हजार बुझेका थिए । उनको बार्षिक तलब ७७ लाख २० हजार, चाडपर्व खर्चवापत पाँच लाख, इन्धनबापत दुई लाख २९ हजार, सञ्चार वापत १६ हजार, कर्मचारी सञ्चय कोषमा ६ लाख १५ हजार र  बैठक भत्तावापत ७५ हजार पाए । बैंकले उनलाई यातायातको सुविधा अन्र्तगत ५० लाख रकमको गाडी समेत दिएको छ । 
कुल दुई सय ७९ कर्मचारी रहेको बैंकले १२ करोड ९३ लाख कुल कर्मचारी खर्च गरेको छ । अन्य कर्मचारीले भने प्रतिव्यक्ति औसतमा बार्षिक चार लाख ३२ हजार रुपैयाँ पाएका छन् । पन्तले बुझेको रकम अन्य कर्मचारीको तुलनामा २१.३२ गुणा हो । बैंकमा अहिले रमेशकुमार भट्टराई प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । उनले यही आर्थिक वर्षमा नियुक्ति पाएकाले उनको तलव सुविधा भने बैंकको वित्तीय विवरणमा प्रकासित भएको छैन् । 
 
सिद्धार्थ बैंक
प्रमुख कार्यकारी अधिकृतः सुरेन्द्र भण्डारी तलव सुविधाः ९०,९४,६८४
कर्मचारीः ३७० कर्मचारी खर्चः २८,५३,००,००० एक कर्मचारी औषतः ७,४८,५२३

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई बैंकले कुल कर्मचारी खर्चको ३.१८ प्रतिशत पारिश्रमिक दिएको छ । भण्डारीले ९० लाख ९४ हजार पारिश्रमिक बापत रकम बुझेका छन् । उनको पारिश्रमिक, भत्ता र अन्य सुविधावापत यो रकम  दिइएको उल्लेख छ । कुल तीन सय ७० कर्मचारी रहेको बैंकले कर्मचारी खर्च र बोनसवापत २८ करोड ५३ लाख खर्च गरेको छ । 
भण्डारीवाहेकका अन्य कर्मचारीले बार्षिक प्रतिव्यक्ति औषतमा सात लाख ४८ हजार रुपैयाँ पाएका छन् । अन्य कर्मचारीले पाएको पारिश्रमिको तुलनामा भण्डारीले पाएको पारिश्रमिक रकम १२.१५ गुणाले बढि छ ।  
 
एभरेष्ट बैंक
प्रमुख कार्यकारी अधिकृतः एके आलुवालिया, तलव सुविधाः ९०,८२,०८९ 
कर्मचारीः ६४३ कर्मचारी खर्चः ६७,१९,०८,००० एक कर्मचारी औषतः १०,३२,४३९

एभरेष्ट बैंकमा गत आर्थिक वर्षमा पिके महापात्रलाई विस्थापन गर्दै एके आलुवालिया प्रमुख कार्यकारी अधिकृत बने । पहिलो ११ महिना बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका महापात्रले ८४ लाख ६७ हजार रुपैयाँ बुझे भने हालका एके आलुवालियाले बाँकी एक महिनाका लागि छ लाख १५ हजार रुपैयाँ तलव भत्ता बुझे । समग्रमा बैंकले प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिक स्वरुप ९० लाख ८२ हजार भुक्तान गरेको छ । 
पञ्जाब नेशनल बैंकबाट खटिएर आउने प्रमुख कार्यकारी अधिकृतहरुलाई तोकिएको  तलब, भत्तावाहेक घरभाडा, बत्ति, पानी लगायत खर्च बैंकले व्यहोर्ने गरेको छ । कर्मचारी खर्च अन्र्तगत कुल ६७ करोड १९ लाख रुपैयाँ खर्च गरेको बैंकले प्रमूख कार्यकारी अधिकृतका लागि तलबवापत यो रकमको १.३५ प्रतिशत खर्च गरेको छ । छ सय ४३ कर्मचारी रहेको बैंकमा अन्य कर्मचारीको प्रतिव्यक्ति बार्षिक औषत तलब भने १० लाख ३२ हजार रुपैयाँ रहेको छ । प्रमूख कार्यकारी अधिकृतले पाउने तलब अन्यले पाउने तलबभन्दा ८.७९ गुणा बढि छ । 
 
बैंक अफ काठमाण्डू
प्रमुख कार्यकारी अधिकृतः अजय श्रेष्ठ तलव सुविधाः ८५,२५,०००
कर्मचारीः ४९० कर्मचारी खर्चः ३७,४७,७५,००० एक कर्मचारी औषतः ७४८९७७

बैंक अफ काठमाण्डुका प्रमूख कार्यकारी अधिकृत अजय श्रेष्ठले तलबवापत ८५ लाख २५ हजार रुपैयाँ बुझे । कुल चार सय ९० कर्मचारी रहेको बैंकले कुल कर्मचारी खर्च ३७ करोड ४७ लाख गरेको छ । बैंकले श्रेष्ठलाई गरेको खर्च मात्रै कुल कर्मचारी खर्चको २.२७ प्रतिशत हो । अन्य कर्मचारीले प्रतिव्यक्ति बार्षिक औसतमा सात लाख ४८ हजार पाएका छन् । भण्डारीले अन्य कर्मचारीको तुलनामा ११.३८ गुणा बढि तलब लिए । 
 
सानिमा बैंक
प्रमुख कार्यकारी अधिकृतः कुमार लम्साल (राजिनामा) तलव सुविधाः ८३,९५,०००
कर्मचारीः २३१ कर्मचारी खर्चः १४,३५,२०,००० एक कर्मचारी औषतः ५,८७,५००
सानिमा बैंकका कुमारलम्सालले गत आर्थिक वर्षमा ७९ लाख २९ हजार रुपैयाँ पारिश्रमिकवापत र कर्मचारी सञ्चय कोष कट्टावापत चार लाख ६६ हजार रुपैयाँ पाए । दुई सय ३१ कर्मचारी रहेको बैंकले कुल कर्मचारी खर्च १४ करोड ३५ लाख रुपैयाँ गरेको छ । तर कुल कर्मचारी खर्चमा लम्सालको हिस्सा ५.८४ प्रतिशत छ । 
अन्य कर्मचारीले भने प्रतिव्यक्ति बार्षिक औसत पाँच लाख ८७ हजार रुपैयाँ पारिश्रमिकको पाएका छन् । अन्य कर्मचारीको तुलनामा भने लम्सालको तलब १४.२८ गुणा बढि हो । लम्सालले माघ ८ गतेबाट किष्ट बैंक सम्हाल्नेछन् । उनले बैंकमा राजिनामा दिइसकेका छन् । उनको राजिनामा भने अहिलेसम्म स्वीकृत भैसकेको छैन् । माघ ७ गते बस्ने सञ्चालक समिति बैठकले लम्सालको राजिनामा स्वीकृत गर्ने र नयाँ प्रमुख कार्यकारी अधिकृतमा भुवन दाहाललाई नियुक्त गर्ने एजेण्डा छ । 
 
माछापुच्छ्रे बैंक
प्रमुख कार्यकारी अधिकृतः तुल्सीराम गौतम तलव सुविधाः ६७,६४,३३३
कर्मचारीः ५६३ कर्मचारी खर्चः २५,४९,४६,००० एक कर्मचारी औषतः ४,४१,५८६
माछापुच्छ्रे बैंकका प्रमूख कार्यकारी अधिकृत तुल्सिराम गौतमले पारिश्रमिक बापत ६२ लाख ४४ हजार र चार्डपर्ववापत पाँच लाख २० हजार रुपैयाँ लिए । बैंकले कुल कर्मचारी खर्चको २.६५ प्रतिशत हिस्सा गौतमलाई पारिश्रमिक स्वरुप दिएको छ ।
कुल पाँच सय ६३ कर्मचारी रहेको बैंकले कर्मचारी खर्च अन्र्तगत २५ करोड ४९ लाख  रुपैयाँ खर्च गरेको हो । अन्य कर्मचारीले भने बार्षिक प्रतिव्यक्ति औसतमा चार लाख ४१ हजार पारिश्रमिक पाएका छन् । गौतमले पाएको तलब भने अन्य कर्मचारीको तुलनमा १५.३१ गुणाले बढि हो । गौतमले गत वर्ष मात्रै नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी जोडेर माछापुच्छ्रे बैंक ज्वाइन गरेका हुन् । 
 
सेञ्चुरी बैंक
प्रमुख कार्यकारी अधिकृतः गणेशकुमार श्रेष्ठ तलव सुविधाः ५९,७८,३२३
कर्मचारीः २५७ कर्मचारी खर्चः ९,५९,८४,००० एक कर्मचारी औषतः ३,५१,५८४

सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशकुमार श्रेष्ठले पारिश्रमिकवापत ३६ लाख ८३ हजार, भत्ता बापत १५ लाख, चाडपर्व खर्चवापत चार लाख २७ हजार पाए । कर्मचारी सञ्चय कोषमा उनको नाममा बार्षिक तीन लाख ६८ हजार रकम जम्मा गरिएको छ । 

कुल ५९ लाख ७८ हजार बुझेका श्रेष्ठको तलब भने अन्य कर्मचारीले पाएको तलबको तुलनामा १७ गुणा बढि हो ।
कुल नौं करोड ५९ लाख रुपैयाँ कर्मचारी खर्च गरेको बैंकले अन्य कर्मचारीलाई प्रतिव्यक्ति बार्षिक औसत तीन लाख ५१ हजार खर्च गरेको छ । बैंकले श्रेष्ठलाई मात्रै कुल कर्मचारी खर्चको ६.२२ प्रतिशत खर्च गरेको छ । 
बैंकले हालै मात्रै ९२ करोड रुपैयाँको आइीपओ गरेको थियो । त्यसमा २५ गुणा आवेदन परेको छ । 
 
नेपाल एसबीआई
प्रमुख कार्यकारी अधिकृतः अलोक शर्मा तलव सुविधाः भारतबाट
कर्मचारीः ५३८ कर्मचारी खर्चः ५२,७५,५६,००० एक कर्मचारी औषतः ९,८२,४१३
भारतीय स्टेट बैंकको ५५.२८ प्रतिशत लगानी रहेको बैंकमा प्रमूख कार्यकारी अधिकृत आलोककुमार शर्मा लगायतको व्यवस्थापन टोली भारतबाट आउँछ । उताबाट आएका पदाधिकारीलाई यहाँ कुनै पारिश्रमिक भुक्तानी हुने गरेको छैन् । उनीहरुको खर्च भारतीय स्टेट बैंकले नै व्यहोर्ने गर्छ । 
तर औषधोउपचार, घरभाडा लगायत गरेर नेपाल एसबीआईले ४६ लाख ४६ हजार रुपैयाँ खर्च गरेको छ । कुल कर्मचारी पाँच सय ३८ रहेको बैंकले कर्मचारी खर्च अन्र्तगत ५२ करोड ७५ लाख रुपैयाँ खर्च गरेको छ । अन्य कर्मचारीले प्रतिव्यक्ति बार्षिक औसत नौ लाख ७३ हजार पाएका छन् । अन्य कर्मचारीको तुलनामा भारतीय कर्मचारीलाई दिइएको अन्य सुविधा भने ४.७७ गुणा बढि छ ।
 
नोटः बार्षिक साधारण सभाको लागि गत आवको वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुबीच मात्र तुलना गरिएको हो । कुल कर्मचारी खर्चमा प्रमूख कार्यकारी अधिकृतको तलब र संख्या घटाएर अन्य कर्मचारीको औसतमा तलब र सुविधा निकालिएको हो ।