युनिलिभरको २७४ रुपैयाँले सेयर मूल्य बढ्यो, क्रियटिभको कारवाही फुक्यो

बिजमाण्डू
२०६९ साउन २९ गते ००:०० | Aug 13, 2012
युनिलिभरको २७४ रुपैयाँले सेयर मूल्य बढ्यो, क्रियटिभको कारवाही फुक्यो


काठमाडौं । युनिलिभरले प्रतिसेयर ६८० रुपैयाँको नगद लाभांश प्रस्ताव गरेकै दिन नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको सेयर मूल्य दुई सय ७४ रुपैयाँले बढेको छ । सोमवार युनिलिभरका दुई कारोवारबाट २० कित्ता सेयरको कारोवार भएको छ ।
पहिलो १० कित्ता सेयर आइतवारभन्दा एक सय ३६ रुपैयाँ बढेर छ हजार नौ सय ४६ रुपैयाँमा कारोवार भयो भने दोस्रो १० कित्ता सेयर २७४ रुपैयाँ बढेर सात हजार ८४ रुपैयाँमा कारोवार भयो । युनिलिभरको २० कित्ता सेयर एक लाख ४० हजार तीन सय रुपैयाँमा कारोवार भयो ।
युनिलिभरले आइतवार साढे ७४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिंदै प्रतिसेयर ६८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको थियो । प्रतिसेयर २७४ रुपैयाँ बढेर नेप्सेमा कारोवार भएका कारण यसलाई कम्पनीले दिन लागेको डिभिडेन्डलाई स्वागत भन्न सकिए पनि धेरै कारोवार नभएका कारण यसलाई नै विश्वास गरिहाल्नुपर्ने कारण भने छैन । उता सोमवार स्टकले गरेको क्रियटिभ ब्रोकिङ कम्पनीको निलम्वन फुकुवा गरेको छ ।

Tata
GBIME