
काठमाडौं । चिलिमे हाईड्रोपावर र किष्ट बैंकको उच्च कारोवार भए पनि आईतबार नेप्से परिसूचक भने घटेको छ । आइतबार परिसूचक ३.२६ अंक (०.८१ प्रतिसत) ले घटदै चार सयको सीमाभन्दा तल ३९९.२ अंकमा रहेको छ ।
आइतबार आठ करोड ५० लाखको कारोबार भएकोमा चिलिमेको एक करोड ८७ लाख रुपैंया र किष्टको १ करोड ७१ हजार रुपैंया बराबरको सेयर कारोवार भएको छ । उच्च रकमको कारोवार भएको दिन विमा र अन्य समूहका बाहेक सबै परिसुचकहरु घटेका छन् । समूहगत परिसूचकहरमा बैंकिङ समूहको परिसूचक सर्वाधिक १.४५ प्रतिसतले घटेको छ ।
मालिका विकास बैंकको प्रति सेयर १२ रुपैंया (९.५२ प्रतिसत) ले बढदै उच्च बढने कम्पनीको सूचीमा रहेको छ भने । सिद्धार्थ फाइनान्सको सेयर मूल्य प्रति कित्ता १९ रुपैंया (१५.०८ प्रतिसत) ले घटदै उच्च गिरावट आउने कम्पनीमा परेको छ ।